राजकुमार कार्की

नेपाल शिक्षक संघको मध्यामाञ्चल स्तरिय भेलाको शनिबार सिन्धुलीमाढीमा उद्घाटन गर्दै सभापति कोइरालाले जनतालाई धम्क्याउने र तर्साउने खेलमा नलाग्न माओवादीलाइ चेतावनी दिए ।
माओवादी तर्फ इंगित गर्दै उनले विश्व नै तानाशाहको खिलाफमा लागेकाले अब नेपालमा त्यसको कल्पना पनि गर्न नसकिने बताए । 'जनताको लोकतन्त्रसँग जसले निहु खोज्छ,' उनले भने, 'त्यो पतन हुन्छ ।'
शान्ति, स्थिरता र प्रजातन्त्रका लागि कांग्रेस जस्तोसुकै कुर्वानी दिन पनि तयार रहेको उनले बताए । हतियार राखेर शान्तिको कुरा गर्दा जनताले नपत्याउने भएकाले आफ्नै प्रधानमन्त्रीलाई तत्काल बुझाउन उनले माओवादी लडाकुलाई सुझाए । साभार ईकान्तिपुर डट कम