Responsive Ad Slot

latest

सुन व्यवसायी आन्दोलित, भोलि पसल बन्द गर्ने I

Saturday, December 24

/ by Admin BHOLA THAPA
मुख्य योजनाकार पक्रिसक्यौँ : प्रहरी
केपी ढुंगाना, काठमाडौँ, पुस ९- कपनको सुनपसलेलाई हिजो गोली हानी हत्या गरेको विरोधमा आज बसेको सुनचाँदी व्यवसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै भोलि उपत्यकाका सबै सुन पसल बन्द गर्ने निर्णय गरेको छ। प्रहरीले भने घटनामा संलग्न मुख्य योजनाकारसहित दुई जना अभियुक्तलाई सार्वजनिक गरेको छ।

कपनको मिलनचोकस्थित माता मनकामना सुनचाँदी पसलका सञ्चालक ५२ वर्षीय हर्कबहादुर दियालीमाथि हिजो राति गोली हान्दा उनको मृत्यु भएको थियो। घटनामा अर्का व्यवसायी १९ वर्षीय रोशन विक गम्भीर घाइते छन्।

बैठकले आज घटनास्थल कपन क्षेत्रका सुन पसल बन्द गरी शान्तिपूर्ण प्रदर्शन गर्ने र भोलि सरकारको ध्यानाकर्षण गराउँदै उपत्यकाका सबै सुन पसल बन्द गर्ने घोषणा गरेको हो। हत्याको विरोधमा सुन व्यापारी तथा स्थानीयले कपनमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

व्यवसायीहरुले भोलि प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र बसन्तपुरबाट महानगरीय प्रहरी परिसरसम्म विरोध जुलुस निकाल्ने नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष मणिरत्न शाक्यले जानकारी दिए। साभार:नागरिक न्युज डट कम
Don't Miss
© all rights reserved
made with by netKUTI