विजय आवाज -नायिका शोभिता सिंखडा अहिले कतारको दोहामा छिन् । उनका श्रीमान् निराजन भण्डारी कतारमा नै व्यवसाय गर्छन् । यसैले पनि उनी दोहामा पुगेकी हुन् । टेलिभिजनमा चलचित्रसम्वन्धी कार्यक्रम संचालन गर्दा गर्दै नायिका वनेकी उनले आधादर्जन नेपाली सिनेमामा अभिनय गरेकी छिन् ।
चलत्रिचमा अभिनय गर्दा गर्दै विहे गरेर कतार पुगेकी नायिका शोभीता नेपाली सिनेमा क्षेत्रवाट पलायन भएको भान दर्शकले गरेका छन् । दोहामा रहेकी नायिका शोभिताले अनलाईनखवरसँग कुरा गर्दै भनिन्, ‘काठमाडौंको जाडो सहन नसकेर म कतार आएकी हुँ । यहाँ त्यहाको भन्दा केही गर्मी छ यसैले पनि यहाँ रहेकी हुँ ।’
उनले भनिन्, ‘म नेपाली सिनेमा क्षेत्रवाट टाढा भएकी होईन र हुने पनि छैन । नेपाली चलचित्र मेरो नशा नशामा रहेको छ यसैले म नेपाल आउँछु र नेपाली चलचित्रमा अभिनय गर्छु,’ दोहामा रहेकी यी नायिकाको भनाई छ । शोभीताले भनिन्, ‘अहिले त यहाँ मैले केही काम गरेकी छैन । श्रीमान्ले कमाउनु भएको छ, म खाने बस्ने मात्र हो ।’ तर, म अव १ महिनामै नेपाल आउँदैछु ।
कतारमा रहेपनि नेपाली सिनेमावाट प्रस्ताव आईरहेको वताउने यी नायिका मनपर्ने खालको सिनेमा आए काम गर्ने वताउछिन् । शोभीता नेपाली सिनेमामा जम्दै गरेकी नायिका हुन् । जेहोस्, विदेशमा रहेर पनि नेपाली सिनेमालाई माया गर्ने यी नायिकालाई चाडै नै नेपाली सिनेमामा पुन देख्न पाईयोस् ।