![]() |
भेलभाई |
एक दशक लामो कतार बसाईलाई गा“ठो पार्दै भरतपुर रामनगर चितवन निवासी ३१ वर्षिय धनेश्वर जि.सी ‘भेलभाई’ यहि साता नेपाल फिर्दैछन । सरसफाईको काम गर्न कतार छिरेका भेलभाई डकुमेन्ट कन्ट्रोलरको रुपमा अलमिस्नाद कम्पनी अलखोरमा कार्यरत थिए ।
मोफसलमा रहेर पनि साहित्य, संगीत र समाज सेवामा पनि उत्तिकै सक्रिय जिसीले सन् २००८ मा ‘दोधार’ नामक आÏनै मिश्रित संग्रह र शिवराज गौतमस“ग मिलेर ‘कतार र कतारका नेपाली’ नामक संयुक्त संग्रह प्रकाशन गरिसकेका छन । करिब एक दर्जन साहित्यिक, सांगितीक र सामाजिक संस्थामा आवद्ध जिसी सन्ध्या ग्रुप अलखोर कतारका भूतपूर्व अध्यक्ष समेत हुन् । उनका बुबाआमा, श्रीमती र १ छोरा छन् । उनी पुख्र्यौली पेशा कृषि र पशुपालनलाई निरन्तरता दिने निर्णय गरेर स्वदेश फर्किन लागेका हुन् । उनै भेलभाईस“ग गरिएको कुराकानी ।
दर्जन बढि संघसंस्थामा आवद्ध भएर काम गर्दा कस्तो अनुभव भयो ?
सामाजिक भावले भन्दा पनि ब्यक्ति आफु माथि उठ्नको लागि मात्र धेरै संघसंस्थाहरु खोलिएका छन् । धेरैजसोले अरुलाई कसरी गिराउने र आफु माथी उठ्ने भन्ने दुर्नियतले नाम मात्रका संघसस्था खोलेको पाए“ । सामाजिक संस्थामा आवद्ध ब्यक्तिहरुले नाफा नोक्सानको स्वार्थ त्यागेर अरुलाई माथी उकास्नु पर्छ भन्ने भावना हुनुपर्छ । यस्ता कार्य कमै संस्थाहरुले मात्र गरेका छन् । निदाएको ब्यक्तिलाई उठाउन सजिलो हुन्छ तर निदाएको जस्तो गर्ने ब्यक्तिलाई उठाउन सकि“दैन भन्ने अनुभव पनि भयो ।
यहा“को साहित्यिक र सांगीतिक माहोल कस्तो पाउनु भयो ?
प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको उत्थानमा लाग्नु राम्रो कुरा हो । तर यहा“ आफ्नो नाम र संस्थाको नामलाई माथि उठाउने हिसाबले मात्र काम गर्ने प्रबृती हाबि भएको छ । हामीमा एक आपसमा मिलेर कार्यहरु गर्ने प्रचलन नभएकाले हरेक सांगीतिक कार्यहरु असफल भएका छन् । अबका हरेक कार्यहरु सहकार्यमा गर्न आग्रह गर्छु ।
१० बर्षे कतार बसाईलाई बिट मार्दै स्वदेश फर्कदै हुनुहुन्छ ? भावि योजना के बनाउनु भएको छ ?
दुई वर्षका लागि भनेर कतार आएको थिए“, तर बस्दै जा“दा यति लामो बसाई भयो । यो विदेश भन्ने यस्तै रैछ भन्ने भएर अब आफ्नै माटोमा गएर पुख्र्यौली पेशा कृषि र पशुपालन गर्ने उद्धेश्यका साथ जान लागेको हु“ । विदेश बसाइ सहज असहज जस्तो भए पनि केही बर्षका लागि मात्र हो र सवैले एकदिन स्वदेश फिर्नैपर्छ । हरेक नागरिकले यहा“ सिकेको सिप र जा“गरलाई स्वदेशमा लगाएर देश र स्वयम्को उन्नति गर्नुपर्छ भन्ने नै हो । यसै भावनालाई यथार्थमा परिणत गर्न म कोशिस गर्नेछु ।
कतार बसाईमा के पाए“ ,के गुमाए“ जस्तो लाग्छ ?
परिवारको साथ, मायाप्रेम र आत्मियता तथा जन्मभूमीलाई केही समयको लागि गुमाए“ । साथीसंगी छुटे, भाइचारा छुट्यो । पाएको त के हो र ? त्यही आर्थिक पक्ष सबल भयो । त्यो भन्दा पनि काम, सिप र मानवता के हो भन्ने सिके“ ।
कतार बसाईको कुनै अबिस्मरणिय क्षण ?
अलखोरदेखि दोहासम्म हरेक फ्राइडे र विदाका अन्य दिनमा झोला बोकेर सामाजिक, साहित्यिक कार्यक्रमहरुमा सहभागि भएको क्षण, जो कतार बसाइ र मेरो जीवनकै अबिस्मरणिय क्षण हो ।
थप केही अनुवभ भन्न चाहनु हुन्छ की ?
प्रवास भनेको हाम्रो पाठशाला हो । यहा“ हामीले कामलाई सम्मान गर्न र संघर्ष गर्न सिक्यौ“ । हामी युवाशक्तिले आफ्नो सबै क्षमता र बलबुतालाई मरुभूमीमा लाएर सुन फलायौ“ । अव यहा“बाट फर्किएर युवा जोश र जा“गरलाई स्वदेशी माटोमा रोपेर हिरामोती फलाउनु पर्छ । त्यसैले हरेक नेपाली नागरिकलाई जत्तिसक्दो छिटो स्वदेश फर्कन आग्रह गर्छु । अन्त्यमा, आफुले यहा“ सिकेको सिपको बारेमा स्वदेशी साथीभाइस“ग बा“ढेर स्वदेशमै केही गर्ने उत्प्रेरणा जगाउनु पर्छ ।
प्रस्तुति— राजेश्वर ढकाल