नारायण सापकोटा ,
चितबन पुस १४ गते ।
नेपालि काग्रेशका महामन्त्रि कृष्ण प्रसाद सिटौलाले तरुण दल चितबनका अध्यक्ष शिब प्रसाद पौडेललाई शहिद घोषण गर्ने हुन्न् भन्ने चितवनका राजनैतिक दल ग्रैरजिम्बेबार भएकोे आरोप लगाउनु भएको छ ।राज्यले नियन्त्रणमा लिएर थुनामा राखेको मान्छेको कडा सुरक्षामा रहने कारागार भित्रनै षडयन्त्रपूर्बक हत्या गरीएका पौडेललाई शहिद घोषण गर्न हुन्न भन्नेहरु नै हत्यामा संलग्न भएको उहाको भनाई थियो । तरुण दल चितबनका अध्यक्ष शिब प्रसाद पौडेलको १३ औं दिनको पुन्यतिथिमा आयोजना गरीएको श्रद्धान्जिलि सभामा बोल्दै सिटौलाले यस्ता बताउनु भएको हो ।पुर्पक्ष्यका लागि थुनामा राखेको मान्छेको हत्या हुदा समेत अदालतले यो बिषयमा कुनै कुरो नउठाएको भन्दै संबोधनको लामो समय सम्म अदालतको बिरोधमा समय खर्चनु भएको थियो । अदालतले हिरासतमा राखेको मन्छेको सुरक्षा गर्ने जिम्मा अदालतको हुन्छ, कि हुदैन उहाले प्रश्न गर्नु भयो ।
आबाज
त्यस्तै सोही सभामा बोल्दै नेपालि काग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाडले शिब पौडेलको मुद्धा फिर्ता गर्ने र शहिद घोषण गर्ने काम प्रकृयामा लगेर मात्रै थाति राख्न खेजे कडा संर्घष गर्ने बताउनु भएको छ । खाडले कुनैपनि बहान र सहमतिमा आफ्ना कार्यकर्तालाई आहुति नदिने भन्दै कार्यकर्ता जोगाउन नेपालि काग्रेस जुनसुकै मुल्य चुकाउन पनि तयार रहेको दाबि गर्नु भयो ।
आबाज
उहाले काग्रेसलाई कसैले सिध्याउन खेजे ईट्टाको बदला ढुड्डाले दिने समेत चेताबनि दिनु भएको छ ।
सो सभामा बोल्दै पौडेलकी श्रीमति बिनु पौडेलले आफु अबका दिनमा श्रीमानले देखाएको बाटोमा हिड्ने र नेपालि काग्रेस र तरुणदललाई शशक्त बनाएर अगाडी बढाउने बताउनु भयो । यस्तै सभामा नेपालि काग्रेसका केन्द्रिय नेता चन्द्र भण्डारी ,कृष्ण चन्द्र नेपालि ,सभाषद उष गुरुड्ड,धनराज गुरुड्ड यस्तै तरुणदलका केन्द्रिय अध्यक्ष महेन्द्र यादब ,निकर्तमान अध्यक्ष बिनोद कायस्थ र स्थानिय काग्रेस नेताहरुले शिब पौडेललाई सहिद घोषण गर्ने काम सरकार चाडै नगरे फेरी आन्दोलन गर्ने चेताबनि समेत दिएका छन् ।