सुवास लामिछाने
चितवन पुस १४ गते
क्षयरोग तथा एचआइचभी एडस नियन्त्रणमा समुदायको भुमिका विषयक १ दिने अन्तरक्रिया कार्यक्रम फुलवारी गाविसको रेडक्रस भवनमा सञ्चालन भइरहेको छ । कार्यक्रम फुलवारी गाविस रेडक्रस सोसाइटीका सभापति विदुर केसीको अध्यक्षतामा जारी कार्यक्रमको नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाका सभापति भिमराज पाठक प्रमुख अतिथीमा रहनु भएको छ ।
टेकनाथ सापकोटा अर्जुन त्रिपाठी अतिथीमा रहनु भएको कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाका सचिव इश्वर गिरी त्यस्तै नेपाल क्षयरोग निवारण संस्था चितवन शाखाका सदस्य डा, गोविन्दराज जोशीले सहभागिलाई प्रशिक्षण दिनुभएको छ । कार्यक्रमको मुख्य उद्धश्य क्षयरोग तथा एचआइचभी एडस नियन्त्रणमा समुदायको भुमिका भन्ने रहेको कार्यक्रममा ३५ जनाको सहभागिता रहेको छ