Responsive Ad Slot

latest

सुन्तला बोकेको गाडी पल्टिँदा एकको मृत्यु I

Friday, December 23

/ by Admin BHOLA THAPA
गजुरी (धादिङ), पुस ८ - पृथ्वी राजमार्गअन्तर्गत थाक्रे – ४ स्थित सातकिलोमा शुक्रबार बिहान ३ बजेतिर सुन्तला बोकेको डिआई गाडी पल्टिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

लमजुङबाट राति सो गाडी चढेर आएका उनको नाम थर ठेगाना खुल्न सकेको छैन । लमजुङबाट सुन्तला बोकेर काठमाडाँैतर्फ जाँदै गरेको बा५च ६९१९ नम्बरको टाटामोबाइल सडकबाट अन्दाजी ३० मिटर तल महेशखोलामा खसेर दुर्घटना भएको हो ।

शव गाडीले च्यापिएको अवस्थामा रहेकाले राति निकाल्न नसकिएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । दुर्घटनामा गाडीचालक नौबिसे–१ का सन्तोष खत्री सामान्य घाइते भएका छन् । घटनामा प्रहरी र स्थानीयवासीले उद्धार गरेका छन् । रासस
Don't Miss
© all rights reserved
made with by netKUTI