नारयण सापकोटा
चिवतन पुस ८- एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा अहिले देखिएको विवादका कारणले कुनै पनि हालतमा पार्टी नफुट्ने बताउनुभएको छ । चितवनमा पुग्नुभएका अध्यक्ष प्रचण्डले कार्यकर्ताहरूसँग भएको भेटघाटमा अहिले पार्टी फुट्न् अवस्था नरहेकोले ढुक्क रहन आश्वासन दिनुभयो । पार्टीमा देखिएको विवादहरूले महाधिवेशनमा लगेर छलफल गरी टुङ्गोमा पु¥याउने पनि उहाँले बताउनुभयो ।भोलिदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा शान्ति र संविधानका विषयमा बाँकी विवाद टुङ्ग्याउने हिसाबले आफूले प्रतिवदन पेश गर्ने पनि प्रचण्डले बताउनुभयो । अहिले बाबुराम भट्टराईको विकल्पमा सरकारको नेतृत्व खोज्ने बेला नभएकोपनि उहाँले बताउनुभयो । अध्यक्ष प्रचण्ड नेपाल जेसिसको ३८ औं राष्ट्रिय महाविधेशन उद्घाटनका लागि चिवतन पुग्नुभएको हो ।