Responsive Ad Slot

latest

शिक्षक मृतक अवस्थामा भेटिए I

Sunday, December 25

/ by Admin BHOLA THAPA
दिलीप पौडेल, बाग्लुङ,पुस १०- जिल्लाको कुश्मिशेरामा एक शिक्षक मृत अवस्थामा भेटिएका छन्। कुश्मिशेरा-१ स्थायी घर भएका राङखानी उच्च माविमा अध्यापन गराउने भक्त बहादुर क्षेत्री आइतवार विहान सोही गाविस वडा नं २मा मृत अवस्था भेटिएको प्रहरीले जनाएको छ।
सडकमा मृत अवस्थामा भेटिए पनि मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रहरी निरिक्षक बद्री श्रेष्ठको नेतृत्वमा एक टोली घटनास्थलतर्फ पठाएको प्रहरी नायब उपरिक्षक उमाप्रसाद चतुर्वेदीले बताए। क्षेत्री शनिवार राती अबेरसम्म घर नआएपछि खोज्दै जाँदा मृत अवस्थामा भेटिएका थिए।नागरिक न्युज
Don't Miss
© all rights reserved
made with by netKUTI