
निमकान्त पाण्डे दुबई,
डिसेम्बर २३ शुक्रवार दुबईको अल वासल अस्पतालको ब्लड डोनेसन सेन्टरमा यूएईमा रहेका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको उपस्थित थियो । विहान साढे ११ बजे देखी दिउस २ बजे सम्म उक्त अस्पतालमा नेपालीहरुको वाक्लै चहल पहल देखिन्थ्यो । पहिलो पटक ब्लड डोनेसन गर्ने देखी लिएर प्रत्येक बर्ष ४ पटक त्यस्तै गरेर ११ पटक यूएईमा नै ब्लड डोनेसन गरिसकेका नेपालीहरुको उपस्थित थियो । अस्पतालले उपलब्ध गराएको सम्पूर्ण जानकारी सहितको फारम भरी ब्लड चेक गर्नेको लस्कर लामै देखिन्थ्यो । करिव ५० जना गैर आवासिय नेपालीहरुको उपस्थित रहेकोमा ३२ जनाले मात्र व्लड डोनेसन गरे ।
दुई जना महिलाहरुले पनि डोनेसन गरेका थिए । प्राय सवै उपस्थित नेपालीहरुले एनआरएनए यूएईको उक्त कार्यलाई प्रशंसा गरेका थिए । एनआरएनए यूएईका अध्यक्ष चन्द्र रोकाहाले सामाजिक साजाल फेसबुक मार्फत जानकारी प्राप्तगरी ब्लड डोनेसन गर्न आएका लगायत उपस्थित सम्पूर्णलाई एनसी सीको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भविश्यमा पनि एनआरएनएयूएईबाट आयोजना गरिने यस्तै खालका सामाजिक कार्यमा उपस्थित भईदिन अनुरोध गरेका थिए ।

विभिन्न क्षेत्रमा आर्थिक डोनेसन गर्दै आएको एनआएनले आर्थिक क्षेत्रमा मात्र होईन सामाजिक क्षेत्रमा पनि डोनेसन गर्न सक्षम छ भन्ने उदाहरण यूएईको एनआरएनएले देखाएको थियो । एनआरएनए यूएईले पहिलो पटक आयोजना गरेको ब्लड डोनेसनमा भू। पू मध्यपूर्वक संयोजक सल्लाहकार मध्यपूर्व सह सम्योजक एन सी सी अध्यक्ष उपाध्यक्ष महासचिव कोषाध्यक्ष लगायतका अन्य सदस्यहरुको उपस्थित थियो भने प्राय सवैले ब्लड डोनेसन पनि गरेका थिए ।