केदार कुँवर, दोहा कतार - दोहा नेसनल स्थित टप फोम रेस्टुरेन्टको सभाहलमा गत शुक्रबार २३ डिसेम्वरका दिन प्रवासी हेमजा सेवा समाज (कास्की) दोहा कतारको तेश्रो साधारण सभा एक बिशेष समारोहकाबीच सु-सम्पन्न भयो ।
गैरआवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव श्री टि. बि. कार्की ज्युको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा, गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सचिव श्री विनोद प्रसाद भट्टराई, कास्की आदर्श सेवा समाजका अध्यक्ष रामप्रसाद गौतम तथा गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका निवर्तमान महासचिव तथा कास्की आदर्श सेवा समाजका भू. पु. अध्यक्ष तथा वर्तमान सल्लाहकार बिल ब. गुरुङ बिशेष अतिथिमा तथा फेवा साँस्कृतिक परिवारका अध्यक्ष आश बहादुर गुरुङ, कास्कीकोट सहयोग समाजका अध्यक्ष बल बहादुर कार्की, तमु बौद्ध सेवा समाजका नवनिर्वाचित अध्यक्ष बिमल गुरुङ, पाँचथर सेवा समाजका अध्यक्ष छबिरमण कटुवाल, नेपाल कतार अनलाइन डटकमका सम्पादक रवि रोशी, राजधानी अन्तराष्ट्रिय साप्ताहिकका सम्वाददाता प्रेम लामा, कास्की आदर्श सेवा समाज एवं कास्कीकोट सहयोग समाजका सल्लाहकार तथा उक्त तेश्रो साधारण सभाका निर्वाचन समिति संयोजक हंशराज ढकाल क्षत्री, कास्की आदर्श सेवा समाज सल्लाहकार एवं कास्कीकोट सहयोग समाजका सल्लाहकार संयोजक खिम बहादुर कार्की, कास्की आदर्श सेवा समाजका खेलकुद बिभाग संयोजक मिन बहादुर बि.क., आयोजक संस्था प्रवासी हेमजा सेवा समाजका मानार्थ सदस्य दिपेन्द्र बहादुर मल्ल अतिथिको रूपमा तथा तथा अन्य संघ संस्थाका प्रतिनिधि, व्यवसायी तथा बुद्धिजिवीहरु, संस्थाका संस्थापक, सल्लाहकार लगाएत सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो ।
प्रमुख अतिथी तथा बिशेष अतिथीहरुबाट कार्यक्रमको व्यानर अनावरण तथा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिए पछि आयोजकको तर्फबाट समाजका सचिव एवं समारोह सञ्चालक केदार कुँवरले स्वागत मन्तव्य राख्नुभएको थियो । कास्की आदर्श सेवा समाजका सल्लाहकार एवं कास्कीकोट सहयोग समाजका सल्लाहकार संयोजक खिम बहादुर कार्कीले शुभकामना मन्तव्य दिनुहुदै कास्कीकोट र हेमजाको बिच रहेको मित्रताको बारेमा व्याख्या गर्नु भएको थियो भने, अर्का वक्ता फेवा साँस्कृतिक परिवारका अध्यक्ष आश बहादुर गुरुङले प्रवासी हेमजा सेवा समाजले दोहा कतारमा गर्दै आईरहेका सामाजिक कार्यहरूको खुलेर प्रशंशा गर्दै निरन्तर सफलताको कामना गर्नुभएको थियो । त्यस्तै अर्का वक्ता तमु बौद्ध सेवा समाजका नवनिर्वाचित अध्यक्ष बिमल गुरुङले प्रवासी हेमजा सेवा समाजमा आबद्ध सम्पुर्ण सदस्यहरूलाई आफ्नो जिल्लाको संस्था कास्की आदर्श सेवा समाजमा पनि सक्रिय रूपमा लाग्नको लागी अनुरोध गर्नुभएको थियो । त्यस्तै गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका निवर्तमान महासचिव तथा कास्की आदर्श सेवा समाजका भू. पु. अध्यक्ष तथा वर्तमान सल्लाहकार बिल ब. गुरुङले शुभकामना मन्तव्य दिदै प्रवासी हेमजा सेवा समाजले आफ्नो स्थापनाकालको छोटो अवधिमा नै यस दोहा कतारमा आफुलाई एक सक्रिय सामाजिक संस्थाको रूपमा स्थापित गराईसकेको कुराको जिकीर गर्दै, यस संस्थामा आबद्ध रहेका समस्त हेमजा वासीहरूलाई आफ्नो जिल्लाको एक मात्र अविभावक संस्था कास्की आदर्श सेवा समाजमा आबद्ध हुनैपर्ने कुरा औल्याउदै, यस प्रवासी हेमजा सेवा समाजले आफ्नो जिल्ला र गाँउमा मात्र सिमीत नरही दोहा कतारमा रहेका समस्त नेपलीहरूको लागि सहयोग गरेको कुरा राख्दै, जसको उदाहरण विगत सात आठ महिना अघि नेपाली राजदुतावास दोहाको शरणमा रहेकी एक नेपाली चेलिको उद्धार गरि देखाइसकेको कुराको खुलेर प्रशंसा गर्दै समाजको उन्तती प्रगतिको कामना गर्नु भएको थियो ।
त्यस्तै कास्की आदर्श सेवा समाजका अध्यक्ष रामप्रसाद गौतमले आफ्नो शुभकामना मन्तव्यको क्रममा कास्की जिल्ला अन्तर्गतको यस समाजले दोहा कतारमा एक क्रियाशील सामाजिक संस्थाको रूपमा आफुलाई उभ्याउन सफल भई कास्की जिल्लाको नै नाम रोशन गर्न सफल रहेको कुराको चर्चा गर्दै समस्त कतारमा कार्यरत हेमजावासीहरूलाई धन्यवाद दिदै अब गाँउको संस्थामा मात्र सिमीत नरही जिल्लाको संस्थामा पनि हात बढाउनको लागी स्वागत गर्नु भएको थियो । समारोहका अर्का वक्ता गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सचिव श्री विनोद प्रसाद भट्टराईले शुभकामाना मन्तव्य दिदै संस्थाको सफलताको कामना गर्नु भएको थियो ।
समाजका सचिव केदार कुँवरले संस्थाका गतिविधिहरु तथा बार्षिक उन्नति प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने, समाजका कोषाध्यक्ष मिथिला प्रसाद तिम्सीनाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । त्यस्तै उक्त समारोहमा प्रमुख अतिथि श्री टि. बि. कार्कीले प्रवासी हेमजा सेवा समाज आफ्नो स्थापनाकालको दोस्रो वसन्त पार गरि तेश्रो वसन्तमा प्रवेश गरेकोमा तथा दोहा कतारमा विभिन्न उत्कृष्ट सामाजिक कार्य गर्न सफल भई क्रियाशील संस्थाको परिचय दिएको कुरा उल्लेख गर्दै यसको निरन्तर सफलताको कामना गर्नु भएको थियो । साथै उहाँले समाज सेवामा लाग्दाको अनुभव र आत्मसन्तुष्टीको औचित्यको बारेमा पनि व्याख्या गर्नुभयो । संस्थाका सचिव केदार कुँवर द्धारा संचालित सो समारोहमा फेवा साँस्कृतिक परिवार तथा प्रवासी साङ्गितीक परिवारका कलाकारहरुबाट केहि प्रस्तुति दिई समारोहमा उपस्थित सबैलाई मनोरन्जन पनि प्रदान गरिएको थियो । समारोहको खुल्ला सत्रको अन्त्यमा समाजका अध्यक्ष तथा समारोहका सभापति टंक प्रसाद तिमिल्सीनाले खुल्ला सत्र समापन मन्तव्यको क्रममा उपस्थित अतिथि गण लगायत सबैलाई धन्यवाद दिदै आफ्नो कार्यकालमा सहयोग पुर्याउनु हुने सम्पूर्ण पदाधिकारी लगायत अन्य सम्पूर्ण संघ, संस्थाहरु प्रति हार्दिक आभार प्रकट गर्नु भएको थियो र साथमा अब आउने कार्यसमितिले अरु सामाजिक तथा रचनात्मक काम गर्ने विश्वासका साथ यो साधारण सभाले जुझारु र सक्रिय कार्यसमिति चैन गर्ने बिश्वास गर्दै निर्वाचन समितीका संयोजक श्री हंशराज ढकाल क्षत्रीलाई माइक्रो फोन हस्तान्तरण गर्दै समारोहको खुल्ला सत्र समाप्त भएको जानकारी गर्नु भएको थियो ।
कार्यक्रमको बन्द सत्र सुरुवात गर्दै निर्वाचन समितिका संयोजक श्री हंशराज ढकाल क्षत्रीले उमेद्ववारी घोषणा तथा दर्ताको लागि उपस्थित हेमजाबासिहरुलाई आह्वान गर्नु भएको थियो । उक्त अवसरमा उपस्थित हेमजाबासीहरु समक्ष समाजको बिधान संसोधन समितीका संयोजक केदार कुँवरले नयाँ संसोधित बिधान पढेर सुनाउनु भएको थियो । उक्त अवसरमा उपस्थित हेमजाबासीहरुले पुन टंक प्रसाद तिमिल्सीनाको अध्यक्षतामा नै एक महिला सदस्य सहित पन्ध्र सदस्सीय नयाँ कार्य समितिको निर्बिरोध चयन गर्यो, जसको प्रथम उपाध्यक्षमा गणेश प्रसाद त्रिपाठी, द्धितीय उपाध्यक्षमा नारायण बहादुर कुँवर, सचिवमा केदार कुँवर, सह-सचिवमा विष्णुहरि तिम्सीना, कोषाध्यक्षमा बाबुराम पौडेल, सह-कोषाध्यक्षमा पुष्पराज तिम्सीना र सदस्यहरुमा क्रमश: दिपक थापा, होमराज तिमिल्सीना, ऋषिराम बि.क., आनन्द प्रसाद तिम्सीना, हित बहादुर थापा, अर्जुन प्रसाद तिम्सीना, बाबुराम सुवेदी तथा महिला सदस्यमा श्रीमती पार्वती तिमिल्सीनालाई चयन गरेको जानकारी संयोजक श्री हंशराज ढकाल क्षत्रीले घोषणा गर्नु भएको थियो ।
उक्त अवसरमा नै निबर्तमान सल्लाहकार संयोजक अजयराज कुँवरलाई पुन सल्लाहकार संयोजकमा चयन गर्दै हरि प्रसाद तिमिल्सीना र कविराज गौतमलाई सल्लाहकार सदस्यमा चयन पनि गरिएको जानकारी समाजका सचिव केदार कुँवरले हामीलाई दिनु भयो ।