
मानिस सामाजिक प्राणी हो त्यसैले ऊ समाजमा घुलमिल हुन चाहन्छ । समाजको हरेक कुरामा ऊ भिज्न चाहन्छ । उसले समाजमा छुट्टै किसिमको आफ्नो स्थान बनाइसकेको हुन्छ । त्यसैले उसलाई सामाजिक मान मर्यादाको सधै हेक्का हुन्छ । समाजमा घटेका घटनाहरुको सत्य तथ्य कुराको आधारमा अगाडि बढ्न चाहन्छ । उसले समाजविनाको जिन्दगी अधुरो- अपुरो ठान्दछ । त्यसैले समाजले गरेको निर्णय नै स्विकार्दछ ।
देशको राजनैतिक अस्थिरताले निम्त्याएको बेरोजगारको कारण नेपाली जनशक्ति बैदेशिक रोजगारमा जाने क्रम बढिरहेको छ । चाहेर या नचाहेर पनि विदेशी भूमिमा नेपालीको जनसंख्या बढ्दो छ । संसारका विभिन्न देशमा बैदेशिक रोजगारमा गए झै नेपालीहरु विगत एक दशकदेखि युरोपको पोर्चुगलमा पनि आउने क्रम जारी छ र विगत ३-४ वर्षमा यो आउने क्रम अझै बढ्दो छ। नेपाल छँदा शिक्षित र समाजमा योग्य व्यक्ति भनेर चिनिनेहरुको जमात अव पोर्चुगलमा पनि बढ्दै गएको छ । जसको पछाडी एउटै मात्र कारण के छ भने युरोपियन युनियनभित्र वैधानिक बसाई हो । जुन युरोपका अन्य मुलुकमा विरलै पाउन सकिन्छ । जो व्यक्ति युरोपका देशहरु मध्ये सेन्जेन भिसा पासपोर्टमा लगाएर बैधानिक रुपमा युरोप प्रवेश गरेका छन् र बस्दा घुम्दा काम गर्ने क्रममा पोर्चुगलमा अर्ध बैधानिक भएका छन् त्यस्ता व्यक्तिलाई बैधानिक बनाउनको लागि पोर्तुगिस सरकारले आप्रवासी सम्बन्धि नियमको दफा ८८/२ अनुसार सन २००७ देखि वैधानिक बनाउदै आएको छ । अहिले नेपालीहरु सोही दफा अन्तर्गत अन्य कागज पत्रहरु पनि पेश गरेर यूरोपको वैधानिक बसाईको शुरुवात पोर्तुगलबाट गर्दैछन ।
म पनि त्यही समाजमा हुर्केको मानिस हुँ । जहाँ अरु मेरा साथीहरु झै मलाई पनि सुन्दर भविष्यको कल्पना हुँदो हो । यस अनुरुप पोर्चुगलको लिस्वनमा विगत ५ बर्षदेखि बस्दै आएको छु । धेरै हण्डर- ठक्कर खाई पोर्चुगलको कार्ड बनाएँ । मानवीय स्वभाव अचम्मको हुँदो रहेछ, आफूसँग नभएको चीजको महत्वले सधै आकर्षण गरदो रहेछ । आज जे छ त्यसमा थोरै व्यक्ति मात्र सन्तुष्टि हुदाँ रहेछन। यस भन्दै गर्दा 'उदेश्य के लिनु उडी छुनु चन्द्रमा एक' भन्ने सुन्दर- सन्तुष्ट भविष्य प्राप्तिको संघर्षलाई त्याग्नु पर्छ भन्ने मेरो संदेश होइन । मेरो बुझाईमा जीवन संर्घष हो एक पछि अर्को,अर्को पछि अर्को लक्ष्य प्राप्तिको लागि दौडिरहेको छु र दौडी रहनु पर्छ भन्ने मान्यता राख्छु । कसैलाई थाहा छैन कहाँ र कहिले अन्त्य हुन्छ जिन्दगीको यो दौड ।
यस्तै राम्रा बाटाहरुको खोजीमा हिड्दै गर्दा मेरो मानसपटलमा पनि व्यवसाय गर्ने सोचले जन्म लियो तर अव कस्तो व्यवसाय गर्ने त सोच्दै जाँदा युरोप आएदेखि आफुले थोरै धेरै जानेको अर्ध-पेशा भनौ या केही जानेको भनौ रेष्टुरेण्ट पेशाले मेरो मानसपटलमा जन्म लियो । वास्तवमा नेपाल छँदा समाजमा शिक्षित र योग्य व्यक्ति भनेर चिनिने र त्यो समाजलाई सही मार्ग निर्देशित गर्न सक्छ भनि आफु जन्मे बढे हुर्केको समाजले धेरै आशा गरेका म जस्तै धेरै व्यक्ति आज प्रदेशमा उदेश्य विहिन भौतारि रहेका छन् भन्दा फरक नपर्ला । तर आज प्रदेशमा बसेर आफ्नो नेपाल बस्दा आधी जीवन खर्च गरी पढेको जानेको कुरा सदुपयोग गर्न सम्वन्धित क्षेत्र पाउन सायद गाह्रै हुन्छ होला भनी लागेर अब सानो तिनो रेष्टुरेण्ट व्यवसाय गरि जीवन सहज र सरल बनाई प्रदेश मै बसेर पनि आफु बसेको समाज र जन्मेको समाजको सेवा गर्नु मेरो लक्ष्य थियो, छ र हुनेछ।
करिब ३ वर्ष अगाडीदेखि नेपालीहरुको पोर्चुगलमा आगमन अत्याधिक रुपमा बढ्दो छ । किनकि यहाँ आएको छ महिनादेखि १ वर्षभित्रमा प्रायश सबै आप्रवासी वैधानिक भएका छन् । हाम्रा छिमेकी मुलुक भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका(छिमेकी मुलुक चीनको थाहा छैन )बाट आफ्नो देशमा साधारण काम, कम कमाई र कम पढे लेखेका व्यक्तिहरु युरोप (बेलायत बाहेक) आउदा रहेछन तर हाम्रोमा भने ठीक उल्टो छ। हामी नेपाली आफु जन्मे हुर्केको ठाउंमा केहि गर्न सक्ने सम्भावना भएका पढे लेखेका र अर्थ आर्जन पनि तुलनात्मक रुपमा राम्रै गरि रहेका व्यक्ति नै देश छाडी रहेको परिपक्ष्यमा पोर्तुगल आउने सबै नेपाली पनि पढे लेखेका उमेर खाएका पाका र जान्ने बुझ्ने नै छन् ।
पोर्तुगल आउने नेपालीले यहाँबाट वैधानिक हुने विभिन्न उपाय खोज्दा कामको सम्झौता पत्र ( काम को करारनामा) अफ्रिकन,इन्डियन, पाकिस्तानी, बंगाली मुलका व्यवसायीबाट दुवै पक्षबीच सम्झौतामा लिने र आफु यूरोपको राम्रो कमाई हुने देश मै काम गरि वैधानिक हुने क्रम दशकौदेखि चल्दै आएको थियो र छ । करिब एक वर्षदेखि कामको सम्झौता पत्र नेपालीहरुको बीच पनि सक्नेले नि:शुल्क र नसक्नेले दुबैको सहमतिमा केहि लिने दिनेमा काम हुन थाल्यो । मैले देखे भोगेको कामको सम्झौता कस्तो हुन्छ भन्ने,कामको करार लिनेले बीचमा अन्यत्र काम पाएर त्यो कामको सम्झौता काम नलागेमा र कम्पनीको कारण बाहेक अन्य कारणबाट पेपर पाउनमा गाह्रो भएमा कामको करार दिने दोषी र जिम्मेवार हुदैन।तर आज पोर्तुगलमा मप्रति केहि साथीहरुले नाजायज आरोप लगाई जुन अबुझ र नाबालकपन देखाए त्यसबाट म अचम्मीत भएको छु ।
मान्छेले आफूसँग जे छ त्यो बाहेक अरु दिन नसक्दो रहेछ ।सबैलाई याद होस् मैले पनि अरु साथीहरुले झैं आफुसंग भएको चीज दिन पाउँदा खुशी लाग्छ, दिएको हुँ र भविष्यमा पनि दिने छु। मप्रति केहि साथीहरुको जुन नाजायज आरोप र गुनासो रहेको थियो देश विदेशमा भएका साथीहरुको सोचभन्दा फरक अनापेक्षित रुपमा मैले किन समाजको चाहना स्वीकार गरे त ? जब कि साथीहरुले आरोप लगाए जस्तो मेरो व्यवसाय सम्वन्धित सरकारी निकायबाट अवैधानिक छैन भन्ने स-प्रमाण समाज सामु पेश गरि सकेको थिएँ । त्यसको एउटै मात्र कारण मैले आर्थिक सम्पन्नतालाई मात्र जीवन सार्थक नमान्ने र सधै समाजसेवामा रमाइ रहने व्यक्ति भएको हुँदा र भोलीका दिनमा पनि म बसेको ठाउँमा जीवनलाई अर्थपूर्ण सार्थक सन्तुष्टि बनाउनका लागि पनि मेरो सामाजिक भूमिका अपरिहार्य ठान्दछु । त्यसैले मप्रति असन्तुष्ट साथीहरुको नाजायज माग र मेरो व्यवसाय उहाँहरुले आरोप लगाए जस्तो सम्वन्धित निकायबाट अवैधानिक छैन भन्ने प्रमाण सबैलाई थाहा हुदाँ हुदै र कसैको पनि मप्रति मन दुखाई नहोस भनेर समस्याको समाधानकों लागि समाजको चाहना सहर्ष रुपमा स्वीकार गरेको हुँ ।
मलाई राम्रोसँग थाहा छ, हाम्रो समाजमा अरुको सफलता र खुसीको खवरभन्दा अरुको विफलता र नराम्रो खवर फैलाउनमा आनन्द मानिन्छ । तर आज मलाई मप्रति गुनासो गर्ने साथीहरुको समस्यालाई समाजको चाहना अनुसार सम्वोधन गर्दा म ज्यादै खुसी र आनन्दित छु । मलाई आरोप लगाउने साथीहरु पनि सन्तुष्ट पाउदाँ अब मप्रति यो समाजको कुनै नराम्रो गुनासो छैन भन्ने महशुस भएको छ र यसबाट म अझै आनन्दित हर्षित भएको छु ।
भरतकुमार श्रेष्ठ ,
लिस्बोन , पोर्चुगल