Responsive Ad Slot

latest

ब्यापारी खड्कामाथि गोली हान्ने समातिए I

Sunday, December 25

/ by Admin BHOLA THAPA
काठमाडौं, पुस १० - ललितपुरको धापाखेलमा कार्तिकमा गोली हानी हत्या गरिएका ब्यापारी श्रवण खड्काका हत्यारालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले हत्यामा संलग्न ४ जनालाई ३ वटा पेस्तोल सहित पक्राउ गरेको हो ।

अपराध महाशाखाका एसएसपी देबेन्द्र सुवेदीका अनुसार खड्का माथी लुट्ने उद्येश्यले नै गोली प्रहार भएको थियो । महानगरीय प्रहरी आयूक्तको कार्यालयमा शनीबार पत्रकार सम्मेलन गर्दै एसएसपी सुवेदीले ब्यावसायीक लुटेराहरुले लुट्नकै लागि खड्काको हत्या गरेको जानकारी दिए । उनको हत्यामा संलग्न ब्यक्तिहरु यसअघि राजधानीका बिभिन्न स्थानमा भएका लुटपाट र डकैतीका घटनामा संलग्न थिए । पक्राउ पर्नेमा मकवानपुर घर भएका दिबहादुर स्याङतान, नुवाकोटाका दिपक तामाङ, काभ्रे नारायणथानका रोमन लामा र नुवाकोटका सागर तामाङ छन् । यिनको समुहका काभ्रेका बिशाल भन्ने ज्ञानु दोङ फरार छन् । प्रहरीका अनुुसार यिनै फरार ब्यक्तिको योजनामा यि घटनाहरु भएका थिए । अपराध महाशाखाले यिनलाई एक बर्ष अघि हातहतियार तथा खरखजना मुुद्धामा पक्राउ गरेर अनुसन्धान गरेको थियो ।

एसएसपी सुवेदीका अनुसार यिनीहरु घटना घटेका दिन धापाखेल क्षेत्रका पसलमा राती डकैती गर्न गएका थिए । 'त्यहि बेला खड्का सुनसान स्थानमा मोटरसाईकल रोकी फोनमा कुरा गरिरहेको देखेपछि यिनीहरुले तत्काल योजना फेरेर लुटेको देखिन्छ' सुवेदीले भने 'लुट्दा लुट्दै अर्को ब्यक्ति त्यहाँ आएले गोली हानेर यिनीहरु भागे ।' प्रहरीका अनुसार लुटेराको समुहले खड्का र त्यहिका उमेश खत्रीको साथमा रहेको मोबाइल र नगद रुपैंया लुटेर लगेका थिए ।

प्रहरीका अनुसार यो समुहले राजधानीका एक दर्जन भन्दा बढि स्थानमा डकैती गरेर फरार थिए । उनीहरुले २०६८ जेठ १४ गते धापासीमा नेपाल प्रहरीका डिएसपी कल्लरसिंह थापाको घरमा ३ लाख मुल्य बराबरको धनमाल डाँका गरेका थिए । त्यहि दिन धापासीमै भोजराज गौतमको घरमा ८ लाख ५० हजार मुल्य बराबरको धनमाल डाका गरेर लगेका थिए । गत कार्तिक २० गते गोठाटारका कृष्ण घिमिरेको घरमा ६ लाख मुल्य बराबरको धनमाल डकैती गरेर फरार भएका थिए । यस्तै चण्डोलका बिकास अग्रवालको घरमा डकैती गरी २ लाख ५० हजार बराबरको धनमाल लगेका थिए । कंलकी बस्ने बिपना पाण्डेको घरमा समेत यो समुहले डकैती गरेको प्रहरी तथ्याङकले देखाएको छ ।

प्रहरीका अनुसार यिनीहरु ब्यावसायिक डाँकाहरु हुन् । यिनीहरुले हत्या गर्न, धम्क्याउन प्रयोग गर्ने गरेको हतियार भारतमा गएर ल्याउने गरेको प्रहरीले जनाएको छ । एसएसपी सुवेदीले यिनीहरु बिरुद्ध खुन डाँका, डाँका र हातहतियार तथा खरखजना मुद्धा चलाउने तयारी भइरहेको बताए । ekantipur
Don't Miss
© all rights reserved
made with by netKUTI