काठमाण्डौ, पुस १५ गते ।
पुर्व उजामन्त्री तथा एमाले नेता गोकर्ण विष्टले सरकारले ल्याउन लागेको डिजेल प्लान्टको योजना सान्र्दभिक नरहेको बताउनु भएको छ । नेपालवाणी नेटवर्कको नियमीत प्रस्तुती बाणीबहसमा कुरा गर्दै पुर्ब मन्त्री विष्टले लोड सेटिङ्ग हटाउन सकिने धेरै विकल्प रहेको भन्दै विद्युत व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाब दिनुभयो । अहिले यति धेरै समय लोड सेटिङहुनु सरकारको कमजोरी रहेको भन्दै विष्टले चैत बैशाखको समयमा पनि अहिलेको भन्दा कम लोड सेडिङ गर्न सकिने बताउनुभयो ।
व्यवस्थापिका संसदमा लोड सेडिङ घटाउने सार्बजनिक महत्वको विधयक दर्ता गराउनु भएका राष्ट्रिय जनशक्ति पाटीका सहअध्यक्ष पुर्व अथमन्त्री प्रकाशचन्द लोहनीले बर्तमान लोड सेटिङको विर्कल्प डिजेल प्लान्ट नहुने भन्दै त्यसबाट राष्ट्रलाई झन आर्थिक नोक्सानी बढिहुनेमा जोड दिनुभयो ।