बाके , पुस १५ गते ।
देवरको हतियार प्रहारबाट बाँकेमा एक महिलाको ज्यान गएको छ ।देवर रविन्द्र रोकायको हतियार प्रहारबाट नेपालगञ्ज– ५ बसपार्कमा बस्दै आएकी अमृता रोकायको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आपसी विवादमा रविन्द्रले अमृतामाथी हतियार प्रहार गरेको अनुमान गरिएको छ । हत्या लगत्तै अमृताका श्रीमान् रतन रोकाय र सौतासँगै देवर रविन्द्र फरार भएका छन् । हत्यामा उनीहरु तीनै जनाको संलग्नता रहेको पनि प्रहरीको आशंका छ ।
मृतक अमृता लाली–३ हुम्लाकी स्थानीय हुन् । रोकाय परिवार नेपालगञ्जमा बसी जडिवुटि व्यवसाय सञ्चालन गर्दै आएको थियो । फरार तीनै जनाको खोजीकार्य तिव्र पारिएकोपनि प्रहरीले जनाएको छ ।