सप्तरी पुस १५ गते ।
सप्तरीको पकरी–२ का जगदेव मण्डलको गोठमा बालेको घुरबाट राति साढे ११ बजे आगलागी भएको प्रहरीले बताएको छ । आगलागीमा मण्डलका दुई वटा घरसहित ४६ परिवारका घर जलेको बताइएको छ । घर, लत्ताकपडा, अन्न र धनमाल जल्दा एक करोड २५ लाख रुपैया बराबरको क्षति भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी र दमकलले राति १ः२५ बजे आगो नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।