![]() |
बिरेन्द्र कुमार याक्थुम्बा |
मेरा परम मित्र धनेश्वर ”भेलभाई” को वहिगमनले एक तर्फ नराम्रो लागि रहेको छ भने अर्को तर्फ बाट हेर्दा खुसी पनि लागेको छ । किनकी २ वर्षे करार नाममा वैदेशिक रोजगारको खातिर कतार आएका मित्र दश वर्ष प्रवासी वास विताएका छन् । गणितिय हिसावले आर्थिक आर्जनमा कतिको उपलब्दि भयो त्यो उनको निजी र पारिवारीक विषयका कुराहरु हुन तर एउटै कम्पनीमा कार्यरत २००२ देखी एउटै विद्या कलाकारीता क्षेत्रवाट गोलवद्घ भई यो एक दशक विताई सक्दा हाम्रो सोच,विचार र दायरा यति फराकीलो र जिम्मेवारी भई सकेको रहेछ आज बल्ल मैले सोच्न बाध्य भए ।
हिजोका दिनमा म मेरो भन्ने मापन लाई फर्केर हेर्दा उनले मलाई अव म घर जादैछु एक पेट्रेन फ्रेन्डको नाताले मलाई के सुझाव दिन चाँहन्छौ भन्दा त म एकछिन स्तब्ध भए उनमा मैले उनको व्यतिmगत र पारिवारीक भन्दा ठुलो जिम्मेवारी समाज र राष्ट्र प्रति देख्दा सायद म पनि सामाजिक संस्था, राजनितीक चिन्तन प्रति अलि गम्भिर भएर हो या त विद्यमान कतारको भोगाईको परिवेशले होश जे भएपनि उद्यार विचार प्रवाशाली ब्यतिm समाजमा अगुवा हुनु पर्छ भन्ने मेरो भनाई हो ।
कसैको सुन्दरताको प्रशंसा,विश्लेषण,निष्कर्ष गर्न त्यो सम्वन्धित गहन मुल्याङ्कन गर्नु पर्ने हुन्छ । हर मानिसमा रुपका दुई पाटा हुन्छन वाहिरी रुप र भित्रीरुप वाहिरी झट्ट देख्न सकिन्छ र भित्री रुप बुझ्नलाई समयको खाचो हुन्छ । जस्को क्वालीटी कस्तो छ, खैर ! आज दश वर्षको मेरो अनुभवमा धनेश्वर जी.सी.झट्ट हेर्दा भद्र,शुशिल जस्तो देखिने स्वाभावले पनि त्यतिकै मिलनसार र ओजस्वी अनि शान्त स्वभाव व्यतिmत्वका धनी भेलभाई कुनै काम गर्दा, योजना गर्दा प्याच्च नवोल्ने तर भित्र भित्र मास्टरमाईण्ड तय गर्न अलग स्वाभावका हुदा धेरै कार्यक्रमहरु गर्दा आलोचित पनि खेपेका छन ।
सन्ध्या ग्रुपको सुरुवातकालमा संस्थापक सुरज तामाङ्क,धनेश्वर जी.सी.र म मा अचम्मैको चर्चा हुन्थ्यो । तत्कालीन नेपालमा माओवादी विद्रोहको उत्कर्षमा लम्किरहदा अन्य ब्यक्तिहरुको चर्चामा हामी तिन माझ व्याक वाईटिङ देखी खुल्लेआम जिस्काउने र सेटर हान्ने कार्य हुन्थ्यो । स्वभावले सुरज तामाङ जंगी र हाक्का हाकी स्वभाबका तर वाहिर देखिन नचाहाने हुदा उनलाई प्रचण्ड र म अलि बडी सैदान्तिक कार्यनिति र भावी योजनामा बढी प्रभाव हुने हुदा बावुराम र मन्द अनि अलि कम बोल्ने जिम्मेवारी काम प्रति अहोरात्र खटी अपेक्षाकृत भन्दा धेरै कार्यक्रमहरु चमत्कारीमा गर्ने डाईनामिक खुवीले गर्दा उनलाई वादल भन्ने उपनामले सेटरको उपाधी पाएका उनि मैले भन्नु पर्दा अर्थात मेरो बुझाईमा उनको व्यतिmत्व र कार्यशैली ( He is a Great Versatile & Dynamic person . but he has a weakness lead & drive to the mass people’s as huge events .)
उनको कतारमा सन्ध्याग्रुपको अवला अन्य संघसंस्थाहरुमा पनि आवद्ध भई निस्वार्थ भावले दिएको अतुलनीय योगदान कला, साँकृतिक,खेलकुद,साहित्य देखि सामाजीक कार्यहरुमा कतारमा विपत्ती परेका देखि नेपालमा दैविक प्रकोप सम्म सरसहयोगमा संस्थाको मातहतवाट साच्चीनै सराहनीय कार्य गरेका छन ।
उनले कतार प्रवासी नेपाली दाजुभाई,दिदीबहिनी, सामाजीक संघ संस्था लगाएत विविध कुरामा पु–र्याएको योगदनलाई उच्च मुल्याङ्कन गर्दै कतारका विभिन्न संघ संस्थाहरुले सो सम्मान दोशल्ला ओढाई बिदाई कार्यक्रम देखी फेरवेल पिक्नीक सम्म आयोजना गरेका छन । यद्यपी उनको लोकप्रियता उनिप्रति शुभचिन्तक र सहानुभुति राख्नेहरु भने कतार नेपाली समुदायमाझ वुद्घिजिवी,उद्यमी,ब्यवसाहीक साहित्यकार,खेलाडी,कलाकार,पत्रकार देखि समाजसेवीहरु पनि रहेकाछन । तर अव भने सदाका लागि नेपाल गएका छन ।
कतार आउदा नया जोस र उमंगका साथ आफ्नो भविश्यको शुनिस्चिताको खोजीमा आएका जी.सी. अव भने परिपक्क भिजन लिएर जादैछन । नेपालमै दिगो स्थापीत भई आफ्नै पुरानै पुरख्यौली पेशाको परिकल्पनालाई साकार पार्ने भलाई प्रवासी युवाहरु माँझ उदारणनीय काम गरेर देखाउने जर्मको एवं नौलौ चुनौती लिएर जादैछन । किन्तु विद्यमान विश्वव्यपीकरण,सुचना तथा प्राविधिको यो पिडीमा आधुनिक र भौतिक सुःख सुविधामा रमाउन चाँहने यो जेनेरेशनमा उनी भने कृषि प्रधान हाम्रो देश विगत ८०% प्रतिशत वाट विद्यमान बैदेशिक रोजगारको प्रत्यक्ष प्रभाबले ६०% प्रतिशत झरेको कृषि क्षेत्रलाई आधुनिक ढंगबाट काम गर्ने स्कुप लिएर जादैछन । साथै कतारवाट स्थापीत प्रनेस वचत तथा ऋण सहकारी संस्थालाई अझ शसक्तm बनाउने लक्ष्य पनि लिएको बताउछन ।

यो कुरामा कस्लाई दोश दिने ? यस्को मतलव बिदेश नजाने भन्ने विलकुल हैन । देशमा तत्काल सोरोजगारको सम्भव नहुदा केही गर्नु सक्छ भन्ने जागर मिहीनेती र उद्यमीहरुका लागि नेपालमा पनि प्रसस्त विकल्पहरु छन । किन्तु हिक्मतको खाचो छ ।
त्यसैले सम्पुर्ण प्रत्यक्ष तथा अनलाइन मित्रहरु, हाम्रा मित्र भेल प्रतिको परिकल्पना एवं मेरा अनुभतीप्रति तपाईहरुको कमेन्टको हौसलाले उहालाई अझ केही गर्छु भन्ने मनोवलमा हौसला बढ्न सकोस भन्ने मेरो बुझाई छ अन्त्यमा वाहाको भिजनको सफलताको कामना गर्दै हामिमा पनि त्यो उत्प्रेरणा जागोस । धन्यवाद ।।
लेखक सन्ध्या ग्रुप अल्खोर कतारका प्रमुख सल्लाहकार साथै नि बर्तमान अध्याक्ष हुन ।
हाल दोहा कतार