रुद्र दाहाल, दोहा - पूर्वाञ्चल वासीहरुको साझासंस्था सूर्योदय समाज दोहा कतारको दोस्रो साधारण सभा शुक्रबार कतारको सनैया स्थित न्युमाउन्टेन रेष्टुरेन्टमा अध्यक्ष प्रलाद दाहालको सभापतित्वमा सम्पन्न भएको छ । यसै सभाले उमाकान्त ढकालको अध्यक्षतामा १३ सदस्य कार्यसमिति चयन गरेको छ । प्रथम उपाध्यक्ष पुन्य प्रसाद खनाल, द्धितिय उपाध्यक्ष कृष्ण प्रसाद दाहाल, सचिव गोपाल प्रसाद दाहाल, सह-सचिव चन्द्र प्रसाद तिम्सिना, कोषाध्यक्ष लक्ष्मण घिमिरे र सह-कोषाध्यक्ष युवराज दाहाल रहेका छन् । त्यस्तै गरि सदस्यहरुमा नगेन्द्र भट्टराई, भविन्द्र लिम्बु, नारायण सिवाकोटी, चन्द्रलाल श्रेष्ठ मोहन राइ र महिला सदस्य तारा पराजुलि (तिम्सिना), रहेका छन् । त्यस्तै गरि सल्लाहकार समितिमा प्रलाद दाहाल, रुद्र दाहाल र धिरज चालिसेलाई चयन गरिएको थियो । संस्थाले विभिन्न संघ संस्थाहरुबिच खुल्ला हाजिरिजवाफ प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा झापाका चन्द्र प्रसाद गुरागाँई र डडेल्धुराका कृष्ण चन्दले प्रथम स्थान हासिल गरेका थिए । त्यस्तै गोरखा सेवा समाजका नवराज सिंखडा र अर्जुन भट्टराइले द्धितिय स्थान र श्रमिक रेमिट्सका कृष्ण घिमिरे र गणेश ढकालले तृतिय स्थान हासिल गरेका थिए । विजेता टोलिहरुलाई प्रमुख अतिथिद्धारा कप तथा प्रमाण-पत्र वितरण गरिएको थियो । संस्थाका सचिव गोपाल दाहाल द्धारा संचालित उक्त साधारण सभाको प्रमुख अतिथिमा नेपाली जनसम्पर्क समिति दोहा कतारका सभापति विमल सुवेदी रहेका थिए । यसैगरि विशेष अतिथिहरुमा गोरखा सहयोग समाज कतारका अध्यक्ष श्रीकृष्ण भट्टराई, मोरङ सुनसरी सेवा समाज कतारका अध्यक्ष गोकुल थापा, सुनसरी सृजनसिल परिवार कतारका अध्यक्ष बावुराम दाहाल, चितवन युवा समाज कतारका महासचिव गणेश ढकाल, धनकुटा सेवा समाज कतारका अध्यक्ष दुर्गा तामाङ, जनप्रगतिसिल मञ्च कतारका महासचिव विष्णु सापकोटा, गैर आवासिय यातायात मजदुर संघ कतारका सचिव वेद प्रसाद पाठक, समाजसेवि तथा स्याङ्जा सहयोग समाजका टुकराज अर्याल, रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष कैलाश घर्तिमगर, थुर्पा प्रवासि कोर्चेवाङ समुह कतारका सचिव तिलक पुन, श्रमिक रेमिट्सका कतार संयोजक कृष्ण घिमिरे, चलचित्र निर्देशक भविन्द्र तामाङ, मोरङ सुनसरी सेवासमाज कतारका उपाध्यक्ष चिरन्जिवी तिम्सिना लगाएतका अतिथिहरुको उपस्थित रहेको थियो । |
![]() |
सूर्योदय समाजको दोस्रो साधारण सभा सम्पन्न I
तपाईं के भन्नु हुन्छ ? कृपया प्रतिक्रिया लेख्दा सभ्य भाषामा लेख्नुहोला । कुनै समाचार या सन्देश भएमा अथवा लेख रचना प्रकाशन गर्नु परेमा bholathapa7@gmail.com