काठमाण्डौ माघ २ गते । २१ दिनसम्म अपहरणकारीको नियन्त्रणमा रहेपछि करिव ५ करोड फिरौती तिरेर रिहा भएका ब्यापारी पवन संघाईको अपहरण संलग्न रहेको अभियोगमा छोराको बिहेको तयारीका लागि घर पुगेका नेपाल सद्भावना पार्टी आनन्दीदेवीका अध्यक्ष एवं सभासद् श्यामसुन्दर गुप्तालाई प्रहरीले भैरहवास्थित उनको निवासबाट पक्राउ गरेको छ ।
गुप्तालाई प्रहरीले सोमबार अपरान्ह करिव ४ बजेतिर नियन्त्रणमा लिएको रुपेन्देहीका प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ रेग्मीले जानकारी दिनुभयो । महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले पक्राउ गरि काठमाण्डौ ल्याउन लागेको बताइएको छ । हेटौंडाबाट आइतबार समातिएका दुईजना व्यक्तिले व्यापारी सांघाईको अपहरणमा गुप्ताको समेत संलग्नता रहेको बयान दिएका थिए । यही आधारमा उनलाई पक्राउ गरिएको र यसबारे सभामुखलाई समेत जानकारी गराइएको प्रहरी स्रोतले जानकारी दिएको छ । सभासदलाई पक्राउ गर्दा त्यसबारे सभामुखलाई जानकारी दिनुपर्ने नियम छ । पक्राउबारे औपचारिक पत्र भने भोलीमात्र पठाइने छ ।
गुप्ता पूर्व आपूर्तिमन्त्रीसहेत हुन् । दलको आधिकारिता बिबादमा उनको सभासद पद खारेजी भएपनि केही समयअघि सर्वोच्च अदालतले उनको पद फर्काइदिएको थियो ।