Responsive Ad Slot

latest

नक्कली पासपोर्टमा ओमान गएकी चन्द्रा परियारको मृत्यु ÷तीन महिना बित्न लाग्दा पनि लाश नेपाल जान सकेन I

Monday, January 16

/ by Admin BHOLA THAPA

रवि भट्ट “रोषी”
नक्कली पासपोर्टमा ओमान पुर्याईएकी चन्द्रा परियारको ओमानमा मृत्यु भएपछि उनको शव नेपाल पठाउन समस्या भएको छ । लम्जुंग बेनीकी चन्द्रा परियार २०११ जुन महिनामा मधुदेवी खड्काको पासपोर्टमा ओमान पुर्याईएकी हुन् ।
बालिया ७ कैलाली घर भएकी (पासपोर्ट नम्बर ३७७५०५७ )मधुदेवी खड्काको नाममा बहाल रहेको पासपोर्टमा मृतक चन्द्रा परियारको फोटो टाँसेर ओमान पठाउने राजन मात्र नाम खुलेको नेपालमा रहेका एजेन्टसंग सम्पर्क हुन नसके पछि प्राप्त सम्पर्क नम्बर (००९८०६९२७४३१¬)बाट मोवाइलमा उनकी श्रीमतिसंग सम्पर्क भएपनि पछिल्लो समय पटक पटक फोन गर्दा पनि राजन सम्पर्कमा नआएको ओमानबाट सहयोगी दिपक श्रेष्ठले जनाए । मधुदेवी खड्काको पासपोर्ट पीसी गरी चन्द्रा परियारलाई पठाईएको कारणले मृतक चन्द्रा परियारको शव नेपाल पठाउन समस्या भएको उनले बताए ।
ओमानमा बसेर एजेन्टको काम गर्दै आएकी सिद्धार्थनगर भैरहवा स्थायी घर भएकी श्रीमति किरण गुरुङले ( सक्कली नाम जानकी घले ) ओमानको सलाला भन्ने सहरमा घरेलु कामदारको रुपमा काम गर्नको लागि भनी उनले भिसा पठाएको बताईन् ।
किरण गुरुङको नामले मात्र परिचित निज जानकी घलेको ओमान स्थित ९६८९९०९२८६६ नम्बरमा सम्पर्क गरी थप जानकारी लिँदा आफुले मृतक मधु खड्काको नाममा जारी भएको पासपोर्टमा आधारित रहेर भिसा पठाएको स्वीकारेपनि उनको मृत्युप्रति आफु जवाफदेहिता नभएको बताईन् ।

नेपाल स्थित मृतक चन्द्राको निकट नातेदार उनको भिनाजुलाई (००९७७९८०६६९५२७२) यस सम्बन्धी जानकारी दिइएपनि थप सम्पर्क गर्न खोज्दा उनको भिनाजु पनि सम्पर्कमा आएका छैनन् । सिभिल नम्बर ८४५४९२८४ उल्लेख भएको ओमानको अस्पतालको अनुप्रमाणन पत्रमा मृत्यु भएको मिती ८ नोभेम्बर २०११ मधुदेवी खड्का, लिंग महिला र राष्ट्रियता नेपाली उल्लेख गरिएको छ । 

एनआरएन ओमानका सहसंयोजक चन्द्र कुमार सुनुवारलाई यस बिषयमा पत्राचार गरिनुको साथै ओमानलाई कन्सुलर सेवा प्रदान गर्दै आएको साउदी अरबको नेपाली नियोगका उपप्रमुख हरिश्चन्द्र घिमिरेलाई ओमानबाट आवश्यक कारवाहि र सहयोगको लागि २०११ डिसेम्बर १० मा पत्राचार गरेपनि हाल सम्म पनि साउदी अरब स्थित नेपाली दुतावासबाट शव निकासी दस्तावेज नपठाएको कारणले उनको शव नेपाल लैजान नसकेको श्रेष्ठले बताए ।





Don't Miss
© all rights reserved
made with by netKUTI