Responsive Ad Slot

latest

रेडियो मकवानपुर आजबाट तेस्रो वर्षमा I

Monday, January 30

/ by Masti Entertainment
सुजीता न्यौपाने, रेडियो मकवानपुर, माघ १६ गते ।

विकासका लागी सहकार्य, रेडियो मकवानपुर १०१.३ मेगाहर्ज आजबाट आफ्नो प्रसारणको तेस्रो वर्षमा प्रवेश गरेको छ । हेटौंडाकै पहिलोे सामुदायिक रेडियो, रेडियो मकवानपुरले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रमको आज समापन गरिदैंछ । उद्योगमन्त्री अनिलकुमार झाको प्रमुख आतिथ्यमा सम्पन्न हुने विषेश कार्यक्रममा हेटौंडामै पहिलो पटक खैजडी गीत प्रतियोगिता आयोजना गरिदैंछ ।

सामुदायिक सम्मान २०६८ बाट दुई जना व्यक्तित्वलाई सम्मानित गरिदैंछ भने पत्रकारिता प्रोत्साहन छात्रवृत्ति २०६८ पनि आज प्रदान गरिने भएको छ । रेडियो मकवानपुर १०१.३ मेगाहर्ज आजबाट आफ्नो प्रसारणको तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा रेडियोका अध्यक्ष सुशिल पोखरेलले विज्ञप्ति मार्फत रेडियोलाई प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग पु¥याउनुहुने सबै महानुभावप्रति आभार प्रकट गर्नु भएको छ । वि.सं २०६६ साल माघ १६ गते सहिद दिवसका अवसरमा सभामुख सुभाषचन्द्र नेम्बाङ्गले रेडियो मकवानपुरको उद्घाटन गर्नु भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI