टोक्यो १७ जनवरी, । अज्ञात समूहको आक्रमणमा परि ज्यान गुमाएका नेपाली नागरिक बिष्णु धमलाको शव नेपाली समुदायले आज बुझ्दै छ ।
गैरआवासीय नेपाली संघ जापानका केन्द्रीय सदस्य तुलसीराम खरेलले धमालाको शव आजै अपरान्ह साढे ३ बजे बुझ्न लागिएको जानकारी दिनुभयो । त्यसपछि उनको अन्तिम संस्कार र अन्य कार्यक्रमको टुंगो लाग्ने खरेलले बताउनुभयो ।आफ्नो रेष्टुँराबाट घर फर्किनेक्रममा धमालालाई हिजो बिहान करिव ४ बजेतिर चार जनाको समूहमा रहेका आक्रमणकारीले आक्रमण गरि हत्या गरेका थिए । प्रहरीले आक्रमणकारीमध्ये दुई जनालाई पक्राउ गरेको र अनुसन्धान जारी रहेको बताएको छ ।nepalhorizons.com