आश गुरुङ,
लमजुङ, माघ ४ गते ।
ब्लड क्यान्सरवाट पीडित लमजुङको बन्सार गाविस ८, टाप गाउँकी १९ बषिर्या पूणिर्मा गुरुङको दुखद् निधन भएको छ ।
उपचारकै क्रममा रहेको अवस्थामा २३ दिनअघि गाउँ गएकी पूणिर्माको सोमवार दिउँसो आफ्नै घरमा दुखद् निधन भएको हो ।
लमजुङ जिल्ला सामुदायिक अस्पताल, मणिपाल शिक्षण अस्पताल हुँदै चितवनको भरतपुरस्थित विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा पुगेकी पूणिर्मा, ब्लड क्यान्सर भएको पुष्टि भएपछि नियमित उपचार र औषधि सेवन गरिरहेकी थिईन् । गत असारको ७ गते उनको स्वास्थ्य परीक्षणका क्रममा ब्लड क्यान्सर भएको पुष्टी भएपछि डाक्टरको सल्लाह अनुसार उपचार गर्राईरहेकी थिईन् । उपचार र नियमित औषधी सेवनले उनको स्वास्थ्यस्थित ठिक हुँदै आएको थियो ।
पूणिर्मा गुरुङ ब्लड क्यान्सर भएको पुष्टि भएपछि लमजुङको एकमात्र अनलाईन मिडिया www.elamjung.com मा यसमा पनि आश गुरुङले पहिलोपटक प्रकाशन र प्रशारणमा ल्याएपछि पूणिर्माको उपचारको ढोको खुलेको थियो । पूणिर्माको उपचारका लागि वैदेशिक रोजगारीमा समुन्द्रपारी पुगेका हजारौँ शुभचिन्तकहरुले समाचार पढेर नै हजारौँ रुपैँया संकलन गरि उनको खातामा पठाएको थियो । त्यही रकमवाट पूणिर्माले आफ्नो उपचार गर्राईरहेकी थिईन् । शुरुमा रगतमा ७५ प्रतिशत जीवाणु फैलिएको देखिएपनि उपचार र औषधीपछि १ प्रतिशत देखिएपछि खुसी हुँदै उनी औषधी सेवन गरेर आराम गरिरहेकी थिईन् । त्यसपछि महिनैपिच्छे रगत जँचाउने क्रममा १ प्रतिशत भन्दा नबढेपछि उनी खुसीले गद्गद् हुँदै आफूलाई सहयोग गर्ने सवैलाई धन्यावाद दिएकी थिईन् ।
बाँच्ने चाहना र रहर बोकेर औषधी उपचार गर्राईरहेकी उनको ब्यवहारमा केही परिवर्तन आयो । चिन्तामा परेजस्तो देखिने उनी डेढमहिनाअघि आँखा सामान्य सुन्निएपछि परिवारले रगत जँचाउन लगिन, तर ठिक छ । त्यतिनै बेलादेखि झन् चिन्तित हुन थालेका पूणिर्माले अस्वभाविक जस्तो क्रियाकलाप देखाउँदै परिवारसंग झर्केर बोलेको र औषधि सेवन गर्न समेत छाडेको पारिवारिक श्रोतले वतायो । औषधी खान छोडेपछि उनको दुखाई खुट्टामा सर्यो । उपचारका लागि भारत लैजाने तयारीमा लागिरहेको बेला पूणिर्माले नलैजान आग्रह गरेपछि परिवारले जवर्जस्ती गर्न नसकेको वताईएको छ । औषधि छोडेपछि उनको शरीरिक बनावट पनि घटेको थियो । त्यसपछि कमजोरस्थितिमा पुगेपछि उनले अश्वभाविक क्रियाकलाप देखाउन थालेको परिवारले जनाएको छ । त्यसपछि घर जान्छु, उपचार गर्दिन र औषधि पनि खान्न भन्ने जिकिर गरेपछि उनलाई पुस दोश्रो सातातिर गाउँ लगिएको थियो ।
औषधी उपचारमा लाग्नुको सट्टा गाउँमा पुगेर त्यतिकै बसिरहेका पूणिर्माले अस्वभाविक ब्यवहार देखाउँदै घरपरिवारसंग झगडा गर्ने, नजिक कोही आए हिर्काउने, बर्बराउने लगायत क्रियकलाप देखाएको गाउँलेहरुले वताएकाछन् । तर उनले चिन्तित भएको, घरपरिवारसंग झर्केर बोलेको, उपचारमा मन नगेको र औषधी सेवन नगरेको कारणबारे कसैलाई बताएनन् । त्यसपछि डाक्टरको सल्लाहमा आईतवार अस्पताल लाने तयारीमा जुटेको बेला परिवारले माया मारेपछि आफन्तले पनि उनलाई अस्पताल लान सकेनन् । आफन्तसमेत नचिन्ने अवस्थामा पुगेकी पूणिर्माको सोमवार दिउँसो साढे ३ बजे दुखद् निधन भयो । उनको मंगलवार गुरुङ संस्कार संस्कृति अनुसार गाउँमै अन्तिम संस्कार गरिएको छ ।
पहिले सहयोगका लागि हात फैलाउने र उपचारमा तल्लिन हुने पूणिर्मा उपचारकै क्रममा औषधी नखाने र उपचार गर्न समेत नमानेको परिस्थितिलाई बुझ्न नसकेका कारण पूणिर्माको निधन भएको केही गाउँलेहरुले लग काटेकाछन् ।
बन्सारको फलेनी माविवाट गत वर्षो एसएलसीमा दोश्रो श्रेणीमा पास गरेकी पूणिर्माको उपचारका लागि हजारौँ शुभचिन्तकहरुले रकम पठाएको थियो । उपचारमा भएका खर्चबाहेकका केही रकम उनको खातामा अझै पनि छ । पूणिर्माको उपचारका लागि आफ्नो पसिनाको कमाई पठाउनुभएका सवै शुभचिन्तकलाई उनको परिवारले धन्यवाद दिएको छ र पूणिर्माको जीवन बचाउने प्रयास गर्दा पनि सफल हुन नसकेकोमा पूणिर्माको परिवारले शुभचिन्तकसामू माफी मागेको छ ।