Responsive Ad Slot

latest

पर्यटकको नगद लुट्नेहरू जेल चलान I

Wednesday, January 18

/ by Admin BHOLA THAPA
लम्जुङ माघ ४ गते ।
लमजुङको खुदीस्थित एक होटलमा बास बसेका विदेशी पर्यटकको नगद तथा केही सामग्री चोरेको आरोपमा पक्राउ परेका चार जनालाई सोमबार जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएकोे छ । खुदी गाविस–१ तल्लो बजारको मेमोरी रूफटप होटलमा बास बसेका स्विजरल्यान्डका ३४ वर्षीय डुबर डानियलको युएस डलर, स्विस डलरसहित पासपोर्ट, क्रेडिट कार्ड, ट्राभल चेक चोरी गरेको आरोपमा पुस ४ गते पक्राउ परेका खुदी–१ का १७ वर्षीय विकास तामाङ, रोशन तामाङ, सिम्पानी–९ का अर्जुन तामाङ र देवबहादुर तामाङलाई कारागार चलान गरिएको हो ।

पक्राउ परेका विकास र रोशनले जनही रु ८५ हजार र अर्जुन र देवले जनही रु ७५ हजार धरौटी बुझाउन नसकेपछि उनीहरू सबैलाई कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ । पर्यटकको नगद र सामग्री चोरी भएको थाहा पाएपछि होटल सञ्चालक मनमाया थापाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । पक्राउ परेकाहरूको साथबाट ७६ युएस डलर र ५४० हङकङ डलर बरामद भएको प्रहरीले जनाएको छ ।

राति ९ बजे होटलमा बसेका स्विस नागरिक डानियलको झोलाबाट ३५० अमेरिकी डलर, ५०० स्विस फ्राङ्कसहित अन्य सामग्री चोरी भएको थियो
Don't Miss
© all rights reserved
made with by netKUTI