धनकुटा माघ ५ गते ।
धनकुटाको राजारानीमा गएराति भीषण आगलागी हुँदा एकै परिवारका पाँच जनाको ज्यान गएको छ ।
आगलागीबाट ग्यास सिलिण्डर पड्केर नेपाल विद्युत् प्राधिकरण राजारानी फ्यूज शाखाका कर्मचारी उत्तम श्रेष्ठ घाइते हुनुभएको छ । आगलागी स्थानीयबासी इलाका प्रहरी कार्यालय राजारानीका प्रहरी र धरानबाट गएको दमकलले नियन्त्रणमा लिएको थियो । आगो ताप्दै गर्दा घरमा आगो सल्केको आशङ्का गरिएको छ ।