घनश्याम बुढाथोकी
तुल्सिपुर दाङ
दाङमा आज कारको ठक्करबाट एक बालक गम्भीर घाईते भएका छन । घोराहीको तुलसीपुर चौक बाट दामोदर चौक जादै गरेको भे १ च ९१९ नम्बरको कारले पेट्रोल पम्प नजिकै ठक्कर दिदा १२ वर्षीय बालक सोयल खान गम्भीर घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते बालकको राप्ती उपक्षेत्रिय अस्पतालमा उपचार पछि थप उपचारको लागि बुटवल रिफर गरीएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । कारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ भने कार चालकलाई जिल्ला प्रहरी कार्यालय दाङले नियन्त्रणमा लिएको छ ।