Responsive Ad Slot

latest

नुवाकोटमा मिनिट्रक दुर्घटनामा २ को मृत्यु I

Sunday, January 29

/ by Admin BHOLA THAPA
नुवाकोट माघ १५
पासाङल्हामु मार्गको काठमाडौं त्रिशूली सडक खण्डको मदानपुरमा आज मिनिट्रक दुर्घटना हुदा एक बालक सहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् । मदानपुरको वाराहीबाट काठमाडौंतर्फ गई रहेको बा २ ख ३९ नं. को मिनिट्रक मदानपुर गाविसको वडा नं. ९ केउरिनीमा दुर्घटना हुदा मदानपुर – ७ का ५ बर्षिय युवराज लामा र चतुराले – १ की ५५ बर्षिया ठुलीमाया लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनीहरुलाई उपचारका लागी काठमाडौंतर्फ लैजादै गर्दा बाटो मै मृत्यु भएको हो ।

मिनिट्रक बे्रक फेल भएर सडकदेखि २५ मिटर तल खसेर दुर्घटना भएको हो । प्रहरीले मिनिट्रकका चालक मदानपुरकै सूर्यबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । घाइतेमध्ये ११ जनाको विर अस्पतालमा उपचार भईरहेको छ । अन्य घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ । घाइतेहरुको अवस्था सामान्य रहेको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI