काठमान्डौ माघ १३
आफुलाई जिम्मेवारी नदिईएको भन्दै पार्टीलाई राजीनामा दिनु भएका विना विभागिय मन्त्रीको राजीनामाको बारेमा मधेशी जनाधिकार फोरम गणतान्त्रीकले आज प्रधानमन्त्रीसंग छलफल गर्ने भएको छ। विहान ११ बजेतिर पार्टीले आन्तरिक रुपमा छलफल गरेर दिउसो प्रधानमन्त्रीसंग छलफल गर्ने योजना बनाएको गणताँन्त्रीकका महासचिव आत्मराम प्रसाद यादवले जानकारी दिनुभयो।
प्रधानमन्त्री वावुराम भट्टराईले सहकारी तथा गरिवि निवारण मन्त्रालय बनाएर जिम्मेवारी दिने आश्वासन दिएपनि अहिले सम्म जिम्मेवारी नदिएको भन्दै विना विभागिय मन्त्री राजलाल यादवले हिजो आफ्नै पार्टीलाई राजीनामा दिनु भएको छ। प्रधानमन्त्री भट्टराईसंगको हिजो भएको छलफलमा जिम्मेवारी दिने आश्वासन दिएपनि पुरा नभएकाले राजीनामा दिएको उहाले बताउनु भएको छ । प्रधानमन्त्री भट्टराईले भने हिजो सार्वजनिक गरिएको सुशासन योजनामा एक मन्ँत्रालय थपेर २८ ओटा मन्त्रालय भएको उल्लेख गर्नु भएको छ।