Responsive Ad Slot

latest

अब माओबादी लडाकु ३ दिन भित्रमा बिदा हुने I

Friday, January 27

/ by Admin BHOLA THAPA

काठमान्डौ माघ १३ गते ।
स्वेच्छीक अबकासमा जाने माओबादी लडाकुलाई ३ दिन भित्र विदाई गरिने भएको छ । लामो समय पछि विहान बसेको सेना समायोजन विशेष समितिको बैठकमा प्रधानमन्त्री बाबुराम भट्टराईले १७ गतेदेखी बिदायी गर्ने प्रस्ताब गर्नुभएको थियो । सोही प्रस्ताब अनुसार आजको बैठकले सहमति गरेको काँग्रेस नेता डा. रामशरण महतले जानकारी दिनुभयो ।

सेना समायोजन विशेष समितिले स्वेच्छिक अबकासमा जाने लडाकुहरुकालागि व्यक्तिगत बैक खातामा रकम पठाउने व्यवस्था मिलाइएको स्रोतले जनाएको छ । तीनीहरुले २ किस्तामा ५ देखी ८ लाख रुपैयाँ सम्म पाउने यसअघिनै निर्णय भइसकेको छ । यसअघि अवकाश रोज्ने लडाकुहरुलाई तत्काल विदा गर्न माओवादीकै वैद्य पक्षले अवरोध गरेपछि पुर्व निर्धारीत कार्यतालिका प्रभावित भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI