काठमान्डौ माघ ४ गते ।

सरकारका पछिल्ला निर्णयहरु र कामकारवाहीका बारेमा विपक्षी दलहरुबाट चर्काे आलोचना भइरहेका बेला उहाँकै पार्टीले समेत सहमतिका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने बताएपछि उहाँ एकान्त ठाउँ खोज्दै धुलिखेल पुग्नुभएको हो । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले निरन्तरको कामबाट थाकेपछि आराम गर्न प्रधानमन्त्री काठमाण्डू बाहिर जानुभएको बताउनुभयो