Responsive Ad Slot

latest

लम्जुङको सदरमुकाममा खानेपानिको समस्या I

Wednesday, January 18

/ by Admin BHOLA THAPA
लम्जुङ माघ ४ गते ।
लमजुङ्गको सदरमुकाम बेंसीशहरमा खानेपानी समस्या बढ्न थालेको छ । तालिका अनुसार धारामा पानी नआएपछि उपभोक्ताले खानेपानी समस्या झेल्नुपरेको हो । बेंशिसहरको मनाङ्गें चौतारा, ओमशान्ति टोल, ठाडो लाइन र सेराबजार, त्रिबेणी टोल लगायत क्षेत्रमा पटक पटक खानेपानी आपूर्ती अवरुद्ध हुँदा उपभोक्ताले समस्या झल्दै आएका छन् ।

समयमा धारामा पानी नआएपछि उपभोक्ता पानीको पूराना स्रोत गैह्रीधारा, ठूलो पँधेरा, तिनधारा र छिमेकी गाविसमा समेत पुग्न बाध्य भएका छन् । करिब १ वर्ष अघि २ करोडको लगानीमा ठूलो पँधेरोमा खानेपानी प्रशोधन केन्द्र निर्माण गरिएको थियो । पानी प्रशोधन केन्द्र निर्माण भएपछि शुद्ध र नियमित खानेपानीको अपेक्षा गरेका उपभोक्ता समयमा पनि पानी नआएपछि हैरान बनेका छन् ।

पानी छोटो समय आउने र बन्द हुने क्रमसंगै कहिलेकाहीं धमिलो पानी समेत आउने गरेको उपभोक्ताले गुनासो गरेका छन्
Don't Miss
© all rights reserved
made with by netKUTI