Responsive Ad Slot

latest

नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति र सभासदहरुको बैठक बस्दै I

Wednesday, January 18

/ by Admin BHOLA THAPA

काठमान्डौ
माघ ४ गते ।
नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक आज बस्दैछ । अहिले केहीबेरमा पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा संविधान निर्माण प्रक्रिया र बाँकी रहेका विवाद समाधानको विषयमा छलफल गरिने संसदीय दलका मुख्य सचेतक लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार राज्यको शासकीय स्वरुपमा सहमति गर्नका लागि काङ्ग्रेसले अपनाउन सक्ने लचकताका बारेमा छलफल हुनेछ । यस्तै अवरुद्ध शान्ति प्रक्रिया सुचारु गर्न, जनसत्ताको निर्णयलाई मान्यता दिने निर्णयलाई तत्काल बदर गर्न पनि आजको बैठकले सरकारलाई आह्वान गर्ने घिमिरेले बताउनुभयो ।
Don't Miss
© all rights reserved
made with by netKUTI