Responsive Ad Slot

latest

साउदीमा थुनिएकी तनहुँकी लालु बिक नेपाल फर्किन I

Wednesday, January 18

/ by Admin BHOLA THAPA
साउदी अरब
माघ ४ गते ।
दलालको फन्दामा परेर महिनौसम्म साउदीको एक कोठामा थुनिएकी लालु सोमबार नेपाल फर्केकीछन । मेडिया, परराष्ट्रमन्त्रालय, साउदी दुतावास, एनआरएनए साउदी अरेबीयाको पहलमा उनी नेपाल फर्केकी हुन ।
साथीहरुको लहलहैमा लागेर साउदी पुगेकी तनह दुलेगौडाकी लालु बिक साउदी पुगेको ८ महिनामा नेपाल फर्केकी हुन । लालुले मंगलबार साझ सोलिडारीटीलाई फोन गरेर आफु सकुसल नेपाल फर्केको बताईन ।


उनलाई कसरी एक्कासी आयौ भन्दा “यहाँबाट मेडिया, पराष्ट्रमन्त्रालय, दुतावास, एनआरएनएले मेरो ब्यापक खोजि गरेको थाहा पाएपछि एकहप्ता मेरो मोबाइल खोसेर राखिदियो । गालि गर्यो किन नेपालमा सबै कुरा बताईस ? पहिला पैसा पठाईदे भन नेपालबाट भनेको होईन ? भनेर गालि गर्यो । हिजो एक्कासी नेपाल फर्काइ दियो कसैलाई खबर नगरीकन मलाई केहि थाहा भएन , जे होस नेपाल फर्कन पाए ।” लालुको उद्वारका निम्ति खटीएका एनआएनए साउदीका अध्यक्ष धर्म केसी भन्छन “लालुको उद्वारको लागि नेपाली दुताबासको अनुरोधमा साउदी पोलिसले त्यो दलालीमाथी कार्वाही चलाएको थियो । दुताबासलाई पनि थाहा नदिई नेपाल पठाएछ दलालले लालुलाई ।”

स्मरण रहोस पुष १२ गते दलालीलाई पैसा पठाएर छोरी नेपाल झिकाउन लालुकी आमा १ लाख रुपिया बोकेर काठमाडौंमा आएकी थिइन । ऐक्यबद्वताको सम्पर्कमा आएकी लालुकी आमाले आँखाभरी आसु बनाउदै कसरी हुन्छ छोरी झिकाउनु पर्यो, रोएर मर्न लागि खान पनि केहि दिदैन रे थुनेर राखेको छ त्यहाँ । पैसा पठाएमा छोरी पठाउछु भनेर मलाई समेत दलालले फोन गरेर खाता नं टिपायो । पैसा कहाँबाट र कसरी पठाउने होला भन्दै रोएकी थिईन । “तपाईकी छोरी बिना पैसा फर्काउन सकिन्छ पैसा सुरक्षित साथ घर लैजानुहोस” भनेर ऐक्यबद्वताले भनेपछि परराष्ट्रमा छोरीको उद्वार गरीपाउ भनेर निबेदन दिएर उनी तनहुँ फर्केकी थिईन ।

त्यसैदिन (२७ डिसेम्बर) का दिन ऐक्यबद्वताले एनआरएनए साउदीका अध्यक्ष धर्म केसीलाई फोनगरी लालुको उद्वारको पहल गरेको थियो । धर्म केसीले तत्कालै राजदुतलाई फोन गरेर सबै कुरा बताएपछि राजदुत स्वयंमले लालुको फोनमा फोन गरेर लालुको समस्या बुझेका थिए । लालुले त्यतिबेला पनि “तपाई को हो ? खुरुक्क नेपालबाट पैसा झिकाई दिनोस, मलाई अरु केहि चाहिदैन । पैसा मगा छिटो भनेर मलाई नै कुट्छ " भनेर राजदुतलाई नै जवाफ फर्काएको अध्यक्ष धर्म केसी बताउछन ।नेपाल कतार अनलाईन
Don't Miss
© all rights reserved
made with by netKUTI