
नायक दिलीप रायमाझीले मलेसिया बस्ने नेपाली पार्टनरसँग मिली तयार पारेको फिल्म ‘मिस यू’ मा नम्रताले प्रमुख नायिकाको भूमिका निभाएकी छन् । र, सोही फिल्मको संगीतकारचाहिँ तान्त्रिक हुन् । अर्थात्, तान्त्रिकको धुनमा नम्रता नाच्ने अनौठो संयोग उक्त फिल्मबाट जुरेको छ ।
माघ लागेपछि सार्वजनिक प्रदर्शन गरिने उक्त फिल्मको निर्देशन भने सञ्चारकर्मी सुरेशदर्पण पोखरेलले गरेका छन् । त्यसो त नम्रताका कारण उक्त फिल्म सुटिङकै बेलामा पनि विवादमा परेको थियो ।
नेपालका कलाकारलाई मलेसियामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गराउँदै उतै फिल्मको सुटिङ पनि गराइएको थियो । तर, त्यहाँका नेपाली दर्शकले नम्रतालाई साँस्कृतिक कार्यक्रममा बहिस्कार गरे । यसपछि फुर्सदी भएकी उनले मलेसियाका अधिकांश दिन वाइन र सिगरेट पिएर काटेकी थिइन् । त्यसअघि दिल्लीस्थित दूतावासले उनलाई विवादास्पद पोर्नस्टर भन्ठानी केही समय भिसा लगाएन ।साभार: जनआस्थाबाट/अनलाईन खबर