काठमान्डौ
माघ ४ गते ।

भेटमा भारतीय प्रधानमन्त्री सिहले नेपालमा जारी शान्ति प्रक्रिया अवरुद्ध हुनुको कारण, पुर्नबर्गिकरणपछि काम हुन नसकेको, संविधान निर्माणमा देखिएको विवाद र दलहरुवीच पछिल्लो समयमा देखिएको असहमतिको अवस्थाको विषयमा गंभिर चासो प्रकट गर्नुभएको थियो । त्यसैगरी नेपालमा तोकिएकै समयमा शान्ति प्रक्रिया पुरा भएर लोकतान्त्रिक संविधान जारी हुनु पर्ने पक्षमा भारत रहेको भन्दै प्रधानमन्त्री सिहले शान्ति, संविधान र आर्थिक प्रगतिको लागी भारत जस्तो सुकै सहयोग गर्न तयार रहेको आश्वासन दिनुभएको थियो ।