अर्जुन अधिकारी,
काठमाण्डौं माघ १५-आज ५९ औं विश्व कुष्ठरोग दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाईदैछ । कुष्ठरोगको उन्मुलन हाम्रो अभियान, छिटो उपचार र प्रभावीतलाई समुदायमा पुर्नस्थापन, भन्ने नारासहित बिभिन्न जनचेतना मुलक कार्यक्रम गरी यो दिवस मनाउन लागीएको हो ।
नेपालमा एक लाख कुष्ठरोगीहरूका बिरामी रहेका छन् । सरकारले यो बर्ष कुष्ठरोग निवारण गर्न गाँउ गाउँमा जनचेतना मुलक कार्यक्रम, पहँच नपुगेका समूहमा सेवा पुर्याउने, स्वास्थ्यकर्मी तालीम लगाएतका कार्यक्रम तय गरेको छ ।
कुष्ठरोग लागेको मानीसको छाला रातो हुने, चिलाउने, र छाला खस्रो हुने लक्षण देखिने भएका कारण यस्तो अवस्थामा नजीकैको स्वास्थ्य संस्थाममा देखाउन डाक्टरहरूले सुझाव दिएका छन् ।