Responsive Ad Slot

latest

माओवादीपदाधिकारी बैठक पार्टीअध्यक्ष प्रचण्ड निवास नयाँबजारमा जारी I

Tuesday, January 10

/ by Admin BHOLA THAPA

काठमाडौं ,पुस २६ गते ।
आन्तरिक विवादसमाधानको कसरतमा रहेको एकीकृत माओवादी पदाधिकारी बैठक अहिले बसिरहेको छ पार्टीअध्यक्ष प्रचण्ड निवास नयाँबजारमा जारी बैठकमा विवाद समाधान गरी अघि बढ्ने बारेमाछलफल भइरहेको बताइएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ उपाध्यक्षमोहन बैद्यबीच केन्द्रीय समितिमा आफूहरुले पेस गरेको प्रस्ताव यथावत राखीसम्मानजनक रुपमा शान्ति र संविधानको काम अघि बढाउने बिषयमा भएको सैद्वान्तिक सहमतिकोबारेमा छलफल गर्न पदाधिकारी बैठक सुरु भएको हो ।


सम्मानजनक रुपमा शान्ति रसंविधानको कामलाई निश्कर्षमा पु¥याउन र स्वाधीनताको पक्षमा जनपरिचालन गर्ने बारेमाभएका सैद्वान्तिक सहमतिलाई लिपिबद्व गर्ने बारे आजको पदाधिकारी बैठकको छलफलकोबिषय भएको माओवादी स्थायी समिति सदस्य नेत्रविक्रम चन्दले सीआईएनलाई बताउनुभयो ।उहाँका अनुसार पार्टी विवाद मिलाउनेबारे भएका छलफल सकारात्मक रुपमा अघि बढेको छ ।गएको ९ गतेदेखि सुरु भएको माओवादी केन्द्रीय समितिमा केन्द्रीय सदस्यहरुले बोल्नेक्रमसकिएपछि शीर्ष नेताहरु पार्टी विवाद मिलाउने गृहकार्यमा जुटेका हुन् ।

यसैबीच शीर्षनेताबीच भइरहेको छलफल निश्कर्षमा पुगेपछि आजै केन्द्रीय समितिको बैठक बोलाउनेतयारी माओवादीले गरेको छ । शान्ति र संविधानकेन्द्रीत अध्यक्ष प्रचण्डको प्रस्तावकोविपक्षमा बरिष्ठ उपाध्यक्ष बैद्यले छुट्टै प्रस्ताव केन्द्रीय समितिको बैठकमा पेस गर्नु भएकोथियो । उपाध्यक्ष बैद्यको प्रस्तावमा जनविद्रोहमा जानुपर्नेमा जोड दिइएको थियो ।


Don't Miss
© all rights reserved
made with by netKUTI