काठमाडौं ,पुस २६ गते ।
नेपालीकाङ्ग्रेस,नेकपा एमाले र साना दलहरुले शान्ति र संविधानबारे एउटै धारणा बनाउनेबिषयमा आज पनि छलफल गर्दैछन् । सिहदरवारमा केहीबेरमा बैठक सुरु हुदैछ । शान्ति रसंविधान निर्माणको बिषयमा विगतमा भएका सहमति र कार्यान्वयनमा देखिएका समस्याकोबारेमा छलफल गर्न आज पनि साना दलसँग काङ्ग्रेस र एमालेले छलफल गर्न लागेका हुन्
।आजको बैठकमा विशेष गरी संविधान निर्माण प्रक्रिया र एकीकृत माओवादी लगायत अन्यदलले उठाएका सन्दर्भको बारेमा छलफल हुने एमाले नेता भीम रावलले जानकारी दिनुभयोहिजो बसेको १६ दलको बैठकले शान्ति र संविधान निर्माण बारे पटकपटक भएका सहमतिलागु गर्न संयुक्त विज्ञप्ती निकालेर एकीकृत माओवादीलाई आग्रह गरेको थियो । कात्तिक १५ मा भएको७ बुँदे, मंसिर १३ मा भएको ६ बुँदे सहमति कार्यान्वयन गर्न माओवादी अग्रसरनभएकोभन्दै काङ्ग्रेस एमालेले ३ दिनअघिदेखि साना दलहरुसँग छलफल गरिरहेका छन् ।