काठमाडौं ,पुस २६ गते ।
व्यवस्थापिका संसदबैठक आज बस्दैछ । संविधानसभा भवन नयाँवानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा शिक्षा रकानुन मन्त्रालय अन्तर्गतका केही विधेयक पेस गर्ने तयारी भएको संसद सचिवालयले जनाएको छ। यद्यपी आजको बैठकमा नेपाली काङ्ग्रेस,नेकपा एमाले लगायतका दलहरुले शान्ति रसंविधानको काम अघि बढाउन माओवादी तत्पर नभएको भन्दै आलोचना गर्ने तयारी गरेकाछन् । काङ्ग्रेस, एमाले लगायतका साना दलहरुको बिहानको संयुक्त बैठकबाट संसदमा कसरीप्रस्तुत हुने भन्नेबारे निर्णय हुने बताइएको छ ।