Responsive Ad Slot

latest

नगरपालिकाघोषणाको माग गर्दै पाँचै दिन पनिमहोत्तरीको गौशाला ठप्प I

Tuesday, January 10

/ by Admin BHOLA THAPA


महोत्तरी ,पुस २६ गते ।
नगरपालिकाघोषणाको माग गर्दै पाँचै दिन पनि आजमहोत्तरीको गौशाला ठप्प भएको छ । बन्दका कारण विद्यालयहरु पनि प्रभावित भएकोे संघर्षसमितिका अगुवा वीरेन्द्र साहले बताउनुभयो । महोत्तरीको प्रमुख व्यपारी केन्द्रगौशालालाई नगरपालिका घोषणाको माग गर्दै प्रधानमन्त्री, स्थानिय विकास मन्त्रालय रगृहमन्त्रालयमा नगरपालिका कार्यान्वयन संघर्ष समिति गौशालले ज्ञापन पत्र बुझाएका छन् ।गौशालालाई नगरपालिका घोषणाको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रेका संघर्षसमितिले महोत्तरीका प्रमुख जिल्ला अधिकारी शंकर अर्याल मार्फत आइतबार विभिन्न अल्टिमेटमसहितका ज्ञापन पत्र बुझाएका छन् ।

उद्यौग वाणिज्य संघ गौशालाको अगुवाईमा स्थानियराजनीतिक दल, नागरिक समाज, व्यपारी तथा स्थानियबासिन्दाले आइतबार महोत्तरी सदरमुकामजलेश्वरमा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको हो । माग पुरानभए स्थानिय निकाय र पुर्व पश्चिम राजमार्ग अवरुद्ध पार्ने मागसहित ज्ञापन पत्र बुझाइएकोजिल्ला प्रसाशन कार्यालय महोत्तरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI