अनुप बाबु श्रेष्ठ
गोरखा माघ २ गते ।
गुम्दा गाविसमा धार्चे मनासलु पर्यटन विकास उप–समिती विस्तार भएको छ । नवगठित अध्यक्ष्मा धनप्रसाद गुरुङ, उपाध्यक्ष धनबहादुर गुरुङ, सचिव आस बहादुर गुरुङ, कोषाध्यक्ष कमल गुरुङ र सदस्यहरु सुर्पान गुरुङ, सन्तबहादुर गुरुङ, अनार्त गुरुङ, बम बमबहादुर गुरुङ र १ जना पछि थप्ने गरी जम्मा नौ सदस्यिस कार्यसमिती गठन भएको छ । यसैविच गजमान गुरुङको संयोजकत्मा थभबहादुर गुरुङ र लोक बहादुर गुरुङ सहित ३ सदस्यिय सल्लाहकार समिती समेत गठन भएको छ । यस अघि सौरपानीमा राजाराम कोईराला, स्वारामा अमर गुरुङ, वार्पाकमा खेमराज घले, लाप्राकमा रामबहादुर गुरुङको अध्यक्षतामा पर्यटन विकास उपसमिती गठन भईसकेको छ । लापु र थुमीमा भोली र पर्सि उपसमिती गठन गरिने धार्चे मनासलु पर्यटन विकास समितीका सचिव अमृत ढकालले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकामबाट मुच्चोक गाविसको लागी एउटामात्र बस जाने हुदा र सो बसमा टिकटको राम्रो व्यवश्था नहुदा भएकोले निकै समस्या भएको यात्रुले गुनासो गरेकाछन् । उनिहरुले १२ किलोमा टिकट काउन्टर राख्ने र बस थप गरी सहजरुपमा यात्रा गर्ने व्यवस्था मिलाउन सम्वन्धित पक्षसंग आग्रह गरेकाछन् । सदरमुकामबाट एउटा र काठमाण्डौबाट एउटा मात्र बस सञ्चालन हुने साथै सदरमुकामबाट विहान छुट्ने तथा काठमाण्डौबाट आउने सवैले काठमाण्डौमा नै टिकट काटिसक्ने हुदा सदरमुकामबाट मुच्चोक तथा १२ किलो जाने यात्रु समस्यामा परेको मुच्चोकका रमेश पोखरेलले जानकारी दिनुभयो ।
सदरमुकामबाट छुट्ने पहिलो बस गन्तव्य पुग्न निकै समस्या पर्ने गरेको बताउदै तत्काल १२ किलोमा टिकट काउन्टर सञ्चालन गरी बस थपेर यात्रुलाई सुविधा दिन समेत स्थानियले आग्रह गरेकाछन् । यता समस्याबारे गोरखा यातायात व्यवसायि समितीसंग बुझ्दा छिट्टै नै १२ किलोमा टिकट काउन्टर सञ्चालन गर्ने जानकारी दिईएको छ । टिकट काउन्टरको लागी भवन बनाउन सामुदायिक बनसंग जग्गा समेत लिई सकेको र छिट्टै काउन्टर बनाई यातायात सेवा व्यवस्थित गरिने गोरखा यायायात व्यसायि समितीका कोषाध्यक्ष नारायण खत्रीले जानकारी दिनुभयो ।
जलदेवी युवा क्लव आरुअर्वाङ्ग ६ अप्रिकको आयोजनामा विविध सांस्कृतिक कार्यक्रम अहिले भईरहेको छ । माघेसक्रान्तीको अवसरमा जलदेवी मन्दिर परिसरमा अहिले कार्यक्रम भईरहेको हो । कार्यक्रम अन्र्तगत अन्तरगाविस स्तरिय खुल्ला लोकदोहोरी गित प्रतियोगिता, अन्र्तगाविस स्तरिय फुटवल प्रतियोगिता, हाडि फुटाई, बेलुन भुटाई, भाले जुधाई प्रतियोगिता रहेको आयोजकले जानकारी दिएको छ ।
कार्यक्रममा लोक गायक पुस्कल शर्मा, पवन गुरुङ, हेमन्त आले र गोरखा सांस्कृतिक कलाकेन्द्रको नृत्य प्रस्तुति रहने छ । भोली सम्म सञ्चालन हुने मेलामा गोरखा क्षेत्र न ३ र धादिङका केहि गाविसका बासिन्दाहरुको उपस्थिती तथा सहभागिता रहनेछ । जलदेवी मन्दिर परिसरमा हरेक बर्ष माघेसक्रान्तीको दिन मेला लाग्ने गर्दछ ।
नेपाल मगर संघ ईलाका न १० को आयोजनामा जिल्लाको आरुपोखरीमा माघि मेला अहिले भईरहेको छ । संघका अध्यक्ष कृष्णबहादुर छेवाली मगरको अध्यक्षतामा सम्पन्न मेलामा नेपाल मगरसंघ गोरखाका सल्लाहाकार कृष्ण रानामगरको प्रमुख आतिथ्यता रहेको छ । क्रार्यक्रममा प्रमुख अतिथी कृष्ण राना, मगरसंघ जिल्ला कोषाध्यक्ष विष्णु रानामगर, तमु ह्योल छोज धिं कृष्ण बहादुर गरुङ, अन्र्तर बहादुर राना मगर, बराम संघका बुद्धि बराम, जनजातीबाट मान बहादुर गुरुङ, र ७ गाविसका प्रतिनिधी लगायतले मन्तव्य राख्नुभएको थियो । मेलामा विभिन्न बाजा गाजा सहित सास्कृतिक कार्यक्रम अहिले भईरहेको छ ।
घैरुङ्ग गाविसको आयोजनामा आजबाट घैरुङ्ग महोत्वस सुरु भएको छ । घैरुङ्ग ३ पिपलछाप स्थित हिमालय देवी माई मन्दिर परिसरमा शुरुभएको महोत्वस भोली सम्म चल्नेछ । माघेसक्रान्तीको अवसरमा आयोजित महोत्सवमा पुजा आरधाना, कृषि पर्दशनी, क्लव स्तरिय नृत्य पर्दशनी, पञ्चेबाजा प्रतियोगिता, भजन तथा चुड्का नाच प्रतियोगिता आदि कार्यक्रम हुनेछ । महोत्सवको आज १ कार्यक्रमका बिच प्रमुख अतिथी एकिकृत नेकपा माओावादिका तमुवान राज्य समिती सचिवालय सदस्य लेखबहादुर थापाले गर्नुभयो ।
कार्यक्रममा समाजसेवी रत्नबहादुर गुरुङ, एकिकृत नेकपा माओवादिका मिलन नेपाली, नेपाली कांग्रेस गाँउ कार्यसमिती सभापती श्रीकृष्ण ढकाल, मानवअधिकारबादि सिताराम ढकाल, भूपू जिविस सदस्य रुपनारायण श्रेष्ठ, जिल्ला रेडक्रस सोसाईटि संयोजक डिल्लीराम रेग्मी, भगवती हिमालय उच्च माविका प्रधानाध्यापक खुन प्रसाद रेग्मी, प्राचार्य कृष्णराज पन्त लगायतले मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रम स्थानिय पदमराज गुरुङको अध्यक्षमा भएको त्यहाँबाट प्रकास ढकालले जानकारी दिनुभयो ।