तनहुँ माघ २ गते ।
तनहुँको तनहुँसुर गाउँ विकास समिती आसपासका ४ गाविसमा विगत ३ दिन अघिदेखि टेलिफोन सेवामा समस्या आएको छ । विगत ३ दिन अघि तनहुँसुर स्थित नेपाल टेलिकमको टावरमा चट्याङ्ग पर्दा मोवाइल र टेलिफोन सेवामा समस्या आएको स्थानीय बासिन्दा ले जानकारी दिएका छन ।
उक्त गाविसमा टेलिकमले ३ दिन वितिसक्दा पनि टावरको मर्मत सम्भार नगर्दा तनहुँसुर आसपास अन्या ६ गाविसमा जसमा भानु, बरभन्ज्याङ्ग, बसन्तपुर, सतिस्वारा गाविसका हजारौ टेलिकमका ग्राहकहरु प्रभावित भएका छन् ।