Responsive Ad Slot

latest

धार्चे मनासलु पर्यटन विकासका लागि पत्रकार सम्मेलन I

Wednesday, January 18

/ by Admin BHOLA THAPA

पवन गुरुङ
गोर्खा माघ ४ गते ।
धार्चे मनासलु पर्यटन विकास समिति गोरखाले आज विहान पत्रकार सम्मेलन गरी पौष २५ गते देखी माघ ४ गतेसम्म धार्चे क्षेत्रसंग सम्वन्धित ८ गाविसको उपसमिति विस्तार अभियानको वारेमा जानाकारी गराएका हुन् ।समितिका अध्यक्ष साने गुरुङको अध्यक्षतमा सम्पन पत्रकार सम्मेलनमा संस्थाका अन्य सदस्यहरुको उपस्थिति थियो ।


३ वर्ष पहिले स्थापन भएको पर्यटन विकास समितिको उत्तरी गोरखाको स्वारा, सौरपानी, वारपाक, लाप्राक, उहिया, गुम्दा, लापु र थुमी गाविसको भेगलाई छुवाएर पर्यटन मार्ग निर्माण गरिएको थियो ।रुटमा रुविनाला भञ्याङ, नारद पोखरी, उहियाको तातो पानी, केरौजा, काशिगाउँ, मान्वु, थुमी, लापु, लाप्राक, वारपाक, सीतागुफा लगायतका ठाउँहरुको पहिचान गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र पर्यटनलाई भित्रयाउने योजना रहेको छ ।

समितिका अध्यक्ष साने गुरुङले पर्यटन मार्गको विकास गर्न पर्यटकलाई नक्सा र सुचना वोर्ड स्थापना गर्नु पर्ने, राज्यले यो क्षेत्रमा सुरक्षाको प्रत्याभू ित गर्नु पर्ने, जिल्ला विकास समितिले सो पर्यटन रुटको विकासमा जोड दिनुपर्ने, सिता गुफाको विकासमा राज्यले जोड दिनुपर्ने, गाविस सचिवले यो भेगको पर्यटन मार्गको विकासको लागि चासो देखाउनुपर्ने लगायतका माग राख्नुभएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI