पवन गुरुङ
गोर्खा माघ ४ गते ।
अर्थमन्त्रि वर्षमान पुन यहि माघ ७ गते गोर्खा आउने भएका छन ।महेन्द्र लिला उच्चमाविको आयोजनामा हुने शहिद स्मृति भवन तथा रेडियो हर्मिको उद्घाटन गर्नको लागि मन्त्रि पुन गोर्खा आउन लागेको जानकारी भएको छ ।एकिकृत नेकपा माओवादीका स्थाई समिति सदस्य समेत रहेका मन्त्रि पुन गत पौष २ गते हर्मी आउने कार्यक्रम तय भए पनि नेपाली काँग्रेसले आफ्नो कार्यकर्ता चितवनका वालकृष्ण ढुङगेलको जेलमा भएको आक्रमण पछि उपचारको क्रममा अस्पतालमा मृत्यु भए पछि अप्रत्यासित रुपमा गरेको नेपाल वन्दको कारण स्थगित भएको थियो ।