Responsive Ad Slot

latest

फोरम लोकतान्त्रिक सिरहाका जिल्ला अध्यक्ष माथी गोली प्रहार I

Thursday, January 26

/ by Admin BHOLA THAPA

काठमाडौ,
सिराहा १२-मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक सिरहाका जिल्ला अध्यक्ष रामचरित्र साहमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ ।

गयराति राति करिब एक बजेतिर अज्ञात समूहले प्रहार गरेको गोली लागि घाइते भएका साहको अहिले विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

सिरहा दुर्गापुर १ स्थायी घर हुनुभएका साहलाई छिमेकी गाविस असनपुर– ६ स्थित उदयनारायण महतोको घरमा सुतिरहेका बेला अज्ञात व्यक्तिले गोली प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।
Don't Miss
© all rights reserved
made with by netKUTI