Responsive Ad Slot

latest

राजु लामा भोली बिहान कुवेत आइपुग्ने,नेपाल तमाङ घेदुङद्वारा एयरपोर्टमै स्वागतको लागि उपस्थित हुन अनुरोध I

Thursday, January 26

/ by Admin BHOLA THAPA
हरी कृष्ण न्यौपाने
(मंगफ)कुवेत,जनावरि-२६-२०१२" पर्खाईमा भिज्यो सिरानी" नामको बहुचर्चित गीत गाउने मङगोलियन हार्टका गायक राजु लामा भोली कुवेतको मरुभुमीमा आउँदै छन।नेपाल कुवेत तामाङ घेदुङले २८४८ औ सोनम ल्होछारको अबसर पारी २७ जनवरी शुक्रबारका दिन आयोजना गर्न लागेको ल्होछार बिशेष कार्यक्रमको लागि अमेरिकाबाट कोरियाको सियोलमा कार्यक्रम सकाएर दुबई हुँदै भोली बिहान ८:३० बजे कुवेत आइपुग्दै गरेका युब पुस्ताको मुटुको ढुक-ढुकी राजु लामालाई कुवेत एयरपोर्टमै भब्य स्वागतको तयारी गरिएको आयोजकले नेपाल कुवेत डटकमलाई बताएका छन।


नेपाल तामाङ घेदुङका अध्यक्ष राम लामा"घलान"ले नेपाल कुवेतडटकम मार्फत कुवेतमा रहनु भएका सम्पूर्ण प्रबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,बिभिन्न नेपाली संघ-सस्थाका प्रतिनिधि तथा बुद्दीजिबी,पत्रकार,स्थानिय कलाकारहरु सबैलाई भोली बिहाना आठ बजे कुवेत एयरपोर्टमा उपस्थित भई अतिथी कलाकारको स्वागत कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन।

त्यस्तै यस ल्होछार बिशेष कार्यक्रममा स्थानिय कलाकारको संयोजन गरेका सिन्धुपाल्चोक ठुलोपाखर-५ का श्याम लामाले कार्यक्रममा पूर्व देखी पश्चिम नेपाल सम्मका कुवेतबासी नेपालीहरुको स्वादको समिश्रण रहने उत्कृष्ट प्रस्तुतीहरु रहने बताएका छन।२ बर्षे प्रहरी सेबामा तत्कालिन महेन्द्र पुलिस क्ल्बबाट कलाकारिता र कलाकारलाई माया गर्न पुगेका श्याम लामाले नेपाल तमाङ घेदुङद्वारा गत बुद्ध जयन्तीको बिशेष कार्यक्रममा पनि नेपालबाट अभिनास घिसिङलाई कुवेत झिकाइ कार्यक्रम सफल बनाउन ठुलो भूमिका निभाएका थिए।
यसै वेबसाइट मार्फत श्याम लामाले आयोजकको तर्फबाट कुवेतमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ-दिदिबहिनीहरुलाई नेपाल कुवेत तामाङ घेदुङद्वारा आयोजना हुन लागेको २८४८ औ सोनम ल्होछारको बिशेष कार्यक्रममा पर्सी शुक्रबार २७ जनवरीका दिन उपस्थित भई आ-आफ्नो ठाउँबाट सहयोग गर्न हार्दिक अनुरोध गरेका छन।


पुनश्च:-
कार्यक्रम हुने मिती:-२७ जनावरी,शुक्रबार
कार्यक्रम हुने स्थान:- होटल एशिया-एशिया,मालिया सिटी कुवेत
कार्यक्रम हुने समय:- दिनको १२:०० बजेबाट
कार्यक्रममा प्रबेशको लागि:-४ केडी को कुपन राखिएको छ।

थप जानकारीका लागि
राम लामा-९९६४३१५०,अर्जुन तामाङ-९९७२३०७०,अमृत तामाङ-५५८१३७२८,प्रिती लामा-६६९४१५५०,श्याम लामा-६५८८१३७६
वा तामाङ घेदुङ कुवेतको सदस्यहरु संग संपर्क गर्नु होला
Don't Miss
© all rights reserved
made with by netKUTI