अर्जुन दाहाल, दुबई
नेपाली समाज यूएईको संयोजकत्वमा गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद यूएई, आदिवासी जनजाती महासंघ यूएई, नेपाल पत्रकार महासंघ यूएई शाखा र नेपाली जनप्रगतिशील मञ्च यूएई लगायतका संघसस्थाले संयूक्तरूपमा भोली शुक्रबार २७ जनवरी २०१२ का दिन बरदुबईको याक एण्ड रेष्टुरेन्टमा यूएईकालागि प्रथम नेपाली राजदूत महामहिम अर्जुनबहादुर थापालाई विदाई तथा सम्मान गर्न गईरहेका छन् नेपाली समाजका अध्यक्ष कृष्णबहादुर ढकालले जनजाती महासंघ अन्तर्गतका अन्य संघसस्था र यूएईमा सक्रिय रहेका अन्य संघसस्थाहरू पनि सो कार्यक्रममा सहभागी जनाउन सक्ने बताउनु भएको छ ।
गत २००७ मा यूएईका लागि प्रथम नेपाली राजदूत नियूक्त भई आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी सक्नुभएका राजदूत महामहिम थापालाई यूएईका सामाजिक संघसंस्थाले बिदाई तथा सम्मान कार्यक्रम गर्न गईरहेका हुन् । महामहिम राजदूत थापाले भोली नै दुबईको गोल्डेन प्लाजा सिनेमामा रिलिज हुन गइरहेको नेपाली फिचर फिल्म छबिलाल कन्जुस छैनको उद्घाटन गर्नुहुने कार्यक्रम रहेकोछ ।