Responsive Ad Slot

latest

धादिङमा जीप दुर्घटना ९ घाइते I

Wednesday, January 18

/ by Admin BHOLA THAPA

सुजा गुरुङ
धादिङ माघ ४ गते ।
उत्तरी धादिङको बसेरीबाट जिल्ला सदरमुकाम धादिङबेसीतर्फ आउँदै गरेको एउटा जीप आज बुढाथुम गाविस वडा न.ं ३ डाडागाउँमा दुर्घटनाहुँदा नौ जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार घाइते हुनेहरुमा बसेरी गाविस वडा न.ं १ का ३० वर्षीय बलबहादुर गुरुङ, ५९ वर्षीय डीलबहादुर गुरुङ, ५८ वर्षीय जुद्धबहादुर गुरुङ, जुनुमायाँ घले, कुमारी गुरुङ, सोही गाविस वडा न.ं २ का २६ वर्षीय राजु गुरुङ, २४ वर्षीय प्रेमबहादुर गुरुङ, बुढाथुम गाविस वडा न.ं३ का ४८ वर्षीय बलबहादुर सार्की र मकवानपुर जिल्ला आगरा गाविस वडा न.ं ६ निवासी २२ वर्षीय राज तामाङ रहेका छन् ।

घाइतेमध्ये ४ जनाको जिल्ला अस्पतालमा र ५ जनाको काठमाण्डौ स्थित मनमोहन मेमोरियल अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । कच्चीसडकमा तिब्र गतिमा गुडेको बा ८ च ६३६२ न.ं को गाडी सडकबाट करिब १० मिटर तल खसेको थियो । घाइते यात्रुले दिएको जानकारी अनुसार कच्चीसडकमा गाडीको साहुले सवारी चलाएको र सवारी चलाउन नजानेका कारण दुर्घटना भएको थियो ।
Don't Miss
© all rights reserved
made with by netKUTI