Responsive Ad Slot

latest

हर्षोल्लासका साथ कतारवासी तमूहरुले मनाए मुप्ही ल्होछार I

Tuesday, January 10

/ by Admin BHOLA THAPA

बिमल तमू, आशबहादुर तमू र टौमाया तमूस्यो सम्मानित

जनवरी १०, दोहा – “भाषा, संस्कृति र भेषभुषा हाम्रो पहिचान, शैक्षिक, सामाजिक र आर्थिक जागरण हाम्रो अभियान” भन्ने मुल नाराका साथ कतारवासी तमूहरुको साझा संस्था तमु बौद्ध सेवा समिति कतारको आयोजनामा गत जनवरी ६ तारिख शुक्रवारका दिन यस वर्षको मुप्ह«ी ल्होछार पर्व र स्यों कैं (वनभोज) समाल गार्डेनमा भव्यताका साथ मनाएका छन् । मुप्ह«ी ल्होछार मिलन समारोह तथा वनभोज कार्यक्रम मुल आयोजक समितिका संयोजक जगन तमूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथिको रुपमा गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदका मध्यपुर्व संयोजक नरेन्द्र भाट थिए ।

प्रमुख अतिथिलाई तमूहरुको पहिरन भाङग्रा लगाई दिएर स्वागत गर्दै विशेष अतिथि र अतिथिहरुलाई खदा लगाई स्वागत गरिएको थियो । नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका प्रथम उपाध्यक्ष प्रकास आले मगर, एनआरएनए–आईसीसी यूवा विभाग सहसंयोजक आशिष शेरचन र एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमू विशेष अतिथिको रुपमा कार्यक्रममा उपस्थित थिए । त्यसै गरि प्रवासी तामाङ समाज कतारका उपाध्यक्ष कुमार मोक्तान, नेपाल प्रवासी मगर संघका निवर्तमान अध्यक्ष देव राना मगर, नेपाल लोकतान्त्रिक मञ्चका अध्यक्ष रामहरी गैरे, नेपाली जनप्रगतिशिल मञ्चका अध्यक्ष रमेश भट्ट, समाजसेवीहरु सागर नेपाल, लक्षमण खतिवडा, नरेश श्रेष्ठ, सरोज पोखरेल, चाणक पोखरेल, बुद्धीराज तमू, गैर आवासीय नेपाली तारा २०११ एपाधि विजेता दिनेश लिम्बु र पत्रकारहरु दिपक पौडेल, दिनेश रेग्मी र रवि भट्ट रोषी लगायत अतिथिहरु उक्त कार्यक्रममा सहभागि थिए ।

प्रमुख अतिथि नरेन्द्र भाटले द्विप प्रज्वलित गरे पछि सुरु भएको कार्यक्रममा सहभागिहरुलाई स्वगत गर्दै ल्होछार पर्व वारे सल्लाहकार बिलबहादुर तमूले प्रष्ट पारेका थिए । महासचिव खेम तमूले सञ्चालन गरेको कार्यक्रममा लगभग ३ सय जनाको सहभागिता रहेको थियो ।



सोही कार्यक्रममा गैर आवासिय नेपाली तारा २०११ एपाधि विजेता दिनेश लिम्बुलाई समाजसेवी लक्ष्मण खतिवडाद्वारा घोषित नेपाल जाने हवाई टिकट बराबरको रकम प्रमुख अतिथीको हातबाट प्रदान गरिएको थियो ।

संस्थाका विशेष सहयोगीहरु सम्मानितः
तमू बौद्ध सेवा समिति कतारको यस अवधिमा आयोजित विभिन्न कार्यक्रमहरुमा विशेष सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कतारवासी नेपालीहरुलाई समेट्ने गैर आवासीय नेपाली तारा प्रथम र द्वित्तीय कार्यक्रमको सोंच र उक्त कार्यक्रमलाई सफल बनाई समग्र तमू समुदायको गरिमालाई उच्च बनाउन सफल हुनु भएका समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवारका तात्कालिन अध्यक्ष बिमल तमूलाई ढाकाको टोपी र सम्मानपत्रद्वारा र कार्यसमितिका सदस्य द्वय आशबहादुर तमू (गोर्खा) र टौमाया तमूस्यो (स्याङजा) लाई संस्था प्रति वहॉहरुले पु¥याउनु भएको योगदानको उच्च मुल्याङकन गर्दै कदरपत्रले सम्मान गरिएको थियो ।

डिभिडी बिमोचन तथा बिक्री वितरणः
तमू बौद्ध सेवा समितिका प्रथम उपाध्यक्ष कृष्ण तमू र पुर्व सदस्य भेषबहादुर तमूद्वारा निर्मित कतार तथा खाडी मुलुक र तमू समुदायको कथा व्यथा समेटीएको “सपना हो कि विपना हो” नामक चलचित्रको डिभिडी विमोचन गरि विक्री गरिको थियो । त्यसैगरि सुवास तमूको रचना÷लेखन÷निर्देशन रहेको तमू भाषाको “आस्यों (मावली)” नामक चलचित्रको डिभिडी क्यासेट पनि विक्री गरिएको थियो । त्यसै गरि तमू समुदायमा समर्पित र लोकप्रिय त्रैमासीक पत्रिका तमू संसारको ल्होछार अंक समेत विक्री वितरण गरिएको थियो ।

तमू मु्र छनौट र विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रमः
तमूहरुको परम्परागत छेलो फाल्ने खेल बडो प्रतिस्पर्धात्मक भएको थियो । स्पमरण रहोस, यस खेलको विजेतालाई आउने एक वर्षको लागि तमू मु्र (गुरुङ् राजा) घोषणा गर्ने परम्परा अनुसार विगत ४ वर्ष देखि कतारमा पनि तमूहरुको राजा छान्ने परम्परा बसालिएको छ । गत वर्षका छेलो खेल विजेता अर्थात तमू मु्र लम्जुङ करापुका रामकृष्ण तमू यस वर्ष पनि प्रथम भएर तमू मु्र हुन सफल भएका छन् । उनलाई विशेष अतिथि तथा एनआरएनए–एनसीसी कतारका अध्यक्ष अमृत तमूले फेटा लगाई गुरुङ राजा घोषणा गर्दै प्रमाणपत्र हस्तान्तरण गरेका थिए । यस खेलमा गोर्खाका गोरे तमूले दोश्रो स्थान प्राप्त गर्न सफल भएका थिए । उनि पनि फेटा र प्रमाणपत्रद्वारा सम्मानित भए ।

रमाईलो गीत नृत्यका साथमा विभिन्न मनोरञ्जनात्मक खेलकुदको पनि आयोजना गरिएको उक्त कार्यक्रम निकै रमाईलोका साथ सम्पन्न भएको थियो । महिलाहरुको लागि तातो आलू खेलको व्यवस्था गरिएको थियो जसमा प्रथम, द्वित्तीय र तृत्तीय हुनेलाई पछयौरी र प्रमाणपत्रको व्यवस्था गरिएको थियो । त्यसै गरि कुल ८ टीम सहभागि भएको डोरी तान्ने खेलमा थ्रीसीसीआई कम्पनीको टीम प्रथम भएको थियो र तमू खेलकुद समितिको टीमले दोश्रो स्थान पाउन सफल भएको थियो । दुबै टीमलाई पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको थियो । अर्को मनोरञ्जनात्मक घैटौ फुटाउने खेलमा भने स्याङजाका जङगविर तमूले प्रथम स्थान हासिल गरि पुरस्कार र प्रमाणपत्र हात पार्न सफल भए । बिजेता खेलाडीहरुलाई संस्थापक अध्यक्ष राम तमू र सल्लाहकार अमृत घले तमूले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

सपथ र पदभार ग्रहण कार्यक्रमः
तमू बौद्ध सेवा समिति कतारको परम्परा अनुसार नया“ आउने कार्यकालको लागि नव निर्वाचित कार्यसमितिको सपथ र पादभार ग्रहण गराउने कार्यक्रम पनि यसै ल्होछार पर्वको दिनमा आयोजना गर्ने गरिन्छ । गत १६ डिसेम्वर शुक्रवारका दिन सम्पन्न अधिवेशनबाट निर्वाचित नया“ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक तथा निर्देशक सल्लाहकार बुधबल तमूले सपथ दिलाएका थिए । तमू बौद्ध सेवा समितिका नव निर्वाचित अध्यक्ष बिमल तमू र समितिको संरक्षकत्वमा स्थापित तमू सांस्कृतिक परिवार र तमू खेलकुद समितिको नव निर्वाचित अध्यक्ष क्रमशः टकप्रसाद तमू र मदन तमू र सबै पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका थिए । साथै निर्वतमान अध्यक्ष जगन तमूले समितिको खातापाता नव निर्वाचित अध्यक्ष बिमल तमूलाई हस्तान्तरण गरेका थिए । सपथ तथा पदभार ग्रहण पश्चात नव निर्वाचित अध्यक्ष बिमल तमूले आफनो प्रतिबद्धता पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रम सफल पार्न निवर्तमान कोषाध्यक्ष पुर्ण तमू, सीबी तमू र भेषबहादुर तमूले बसको व्यवस्था गरेर सहयोग गरेका थिए । सम्सरा थकाली भान्छा घरबाट स्यों कैंको लागि खानाको व्यवस्था गरिएको थियो । कार्यक्रमको अन्तमा ल्होछारको शुभकामना व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै सहयोगि हातहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रका संयोजक तथा सभापति जगन तमूले यस प्रकारको कार्यक्रमको लागि अर्को साल भेट्ने वाचा गर्दै कार्यक्रमको समापन गरेका थिए ।



नव निर्वाचित अध्यक्ष बिमल तमूले प्रस्तुत गर्नु भएको प्रतिबद्धतापत्रको पुर्ण पाठ निम्नानुसार छ ।


मेरो प्रतिबद्धता
६ जनवरी २०१२, शुक्रवार ।

मुप्ह«ी ल्होछार मिलन समारोह तथा वनभोज कार्यक्रमका आदरणीय सभापति महोदय,
प्रमुख अतिथि ज्यू, विशेष अतिथि ज्यूहरु, अतिथि ज्यूहरु, सम्पुर्ण तमू बन्धुहरु र पत्रकार मित्रहरु,

सर्व प्रथम मुप्ही ल्होछारको पावन अवसरमा यहाहरुको आउने हरेक पल अत्यन्त शुखमय रहोस, हार्दिक शुभकामना ।

कतारवासी तमूहरुको साझा संस्था तमू बौद्ध सेवा समिति कतारको पा“चौं कार्यकालको लागि जुन विश्वासका साथ मलाई यस संस्थाको अध्यक्ष पदमा निर्वाचित गराई दिनु भएकोमा यहा“हरु सबैलाई हार्दिक आभार सहित कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।

“भाषा, संस्कृति र भेषभुषा हाम्रो पहिचान, शैक्षिक, सामाजिक र आर्थिक जागरण हाम्रो अभियान” भन्ने मुल नाराका साथ तमु बौद्ध सेवा समिति कतारको पॉचौं महाधिवेशन गत डिसेम्बर १६ शुक्रवारका दिन मेरो अध्यक्षतामा आगमी २ वर्षको लागि नया“ कार्यसमिति चयन गरि ९ बु“दे कार्ययोजना समेत पारित गर्दै सम्पन्न भएको स्मरण गर्न चाहन्छु ।
नेपाल अधिराज्यको विभिन्न भुभागबाट बैदेशिक रोजगारको शिलसीलामा यस खाडी मुलुक कतारमा आई प्रवासी जीवन बिताई रहेका हामी सम्पुर्ण तमूहरुको शुख, दुःखमा साथ र सहयोग गर्न र आपसी भाईचाराको सम्बन्ध विस्तार गर्न साथै तमूहरुको मौलिक पहिचान स्थापना गर्न र गराउने पवित्र उद्देश्यका साथ तमू बौद्ध सेवा समिति कतार सन् २००४ मा स्थापना भएको वारेमा यहा“हरु अनविज्ञ हुनु हुन्न । बिगत स्थापना कालदेखि आफना घोषित उद्देश्यहरु परि पुर्ति गर्न निरन्तर यो संस्था लागि रहेको छ । कतारमा नेपाली समुदाय विच सकृय संस्थाको रुपमा आफुलाई स्थापित गरि सकेको हाम्रो साझा संस्था तमू बौद्ध सेवा समिति कतारले कतारवासी तमूहरुको भलाईको लागि आफनो कार्ययोजनाहरु क्रमशः सफलतापुर्वक सम्पन्न गर्दै आई रहेको सर्व विदितै छ ।
हामी सामाजिक प्राणी भएकोले समाजमा स्थापित हुन र सामाजिक रुपमा उठेका सवालहरुको सहि समाधानको लागि संस्थागत पहल हुनु जरुरी छ । व्यक्तिगत रुपमा प्रयास गर्न सकिन्छ तर समस्याको सहि समाधानको लागि पर्याप्त नहुने भएकोले सामाजिक प्रयास आवश्यक पर्दछ । त्यसैले कतारवासी तमूहरु तमू बौद्ध सेवा समिति कतारमा आबद्ध भएका छौं र हाम्रा सामाजिक चुनौतिहरुको सामना गर्न संस्थागत रुपमा लागि परेका छौं ।

महाधिवेशनले दिएको निर्देशनलाई पहिलो प्राथमिकतामा राखि हाम्रो समाजको लागि यस संस्थाले विगतमा सम्पन्न गरेका उपलब्धिमुलक र उपयोगि कार्यहरुलाई अनुसरण गर्दै विशेषतः तमूहरुको भाषा, धर्म, संस्कृतिको पक्षमा अझ बढी सकृयताका साथ अगाडी बढ्न र कतारवासी सम्पुर्ण तमूहरुलाई संस्था प्रति आकर्षित गर्न विश्वासको वातवरण निर्माण गरी नया“ र सृजनशिल कार्यहरु गर्दै बिगतमा ओझेलमा परेका योजनाहरु जति सक्दो छिटो निश्चित समय भित्र सम्पन्न गर्ने प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

संस्था मजबुत भयो भने मात्रै हाम्रा योजनाहरुले मुर्त रुप लिन सक्छन् । यसलाई मजबुत बनाउने जिम्मेवारी र दायित्व तपाई हाम्रो हो, हामी सबै तमूहरु एकताबद्ध भएर लाग्यौं भने हाम्रो समस्याहरुको निवारण सजिलै गर्न सकिन्छ । त्यस कारण हामी जे–जति तमूहरु यहा“ कतारमा कार्यरत छौं सम्पुर्णले एक आपसमा हातेमालो गर्दै सहकार्य गर्न अनुरोध गर्न चाहन्छु । हाम्रो पहिचानलाई कायमै राख्न र अरु प्रतिष्ठिट बनाउन आगामी कार्यकालमा ९ बुंदे कार्ययोजनाको अलवा हामीले सम्पन्न गर्नै पर्ने केही कार्यहरु बुंदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

१) सांगठानीक सुदृढीकरणका लागि कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रशिक्षण ।
२) कतारवासी तमूहरुलाई संस्थामा आबद्ध गराउन सदस्यता विस्तार गर्न कार्यसमितिलाई कृयाशिल गरिने ।
३) संस्थाको गतिविधिहरु आवधिक राख्न र साधरण सदस्यहरुसंग राय सुझाव लिन आवश्यक छलफलको व्यवस्था मिलाउन ६÷६ महिने कार्यक्रम तय गरिने ।
४) तमू भाषा र लिपिको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने ।

भर्खरै सम्पन्न महाधिवेशनले तय गरेको कार्ययोजना र यहा“ उल्लेख कार्यक्रमहरुलाई कसरी व्यवस्थित गर्ने भन्ने वारेमा कार्यसमितिले विस्तृत योजना अवश्य बनाउने नै छ । कतारमा स्थापित नेपाली संघ÷संस्थाहरुसंगको सम्बन्धलाई अझ सौहार्द र मज्बुत बनाउने हाम्रो प्रयास स्वरुप सहयोगको आदन प्रदान कार्यलाई निरन्तरता दिईने छ । समग्रमा नेपालको र विशेष गरि तमू समुदायको छविलाई उचो राख्ने कार्यमा हाम्रो कार्यसमिति कृयाशिल रहने बचनबद्धता पनि व्यक्त गर्न चाहन्छु ।

अन्तमा तपाई हाम्रो यस संस्थालाई कसरी अझ परिस्कृत ढंगले अगाडी लान सकिन्छ भन्ने वारेमा सबै क्षेत्रबाट रचनात्मक सुझावहरु सहित आवश्यक सहयोगको अपेक्षा गरेको छु । आजको यस घडीमा यस संस्थाका सम्पुर्ण आदरणीय संस्थापकहरुलाई बडो ईज्जतका साथ सम्झन चाहन्छु । साथै विगतमा कार्यसमितिको नेतृत्वमा रहेर र नेतृत्वलाई आवश्यक सहयोग गरेर संस्थालाई अहिलेको स्थितिसम्म ल्याई पु¥याउनु हुने अग्रजहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । तिनै आदरणीय अग्रज व्यक्तित्वहरुबाट भोलिका दिनमा पनि समाजलाई अगाडी बढाउने क्रममा उचित मार्गदर्शनको सधैं अपेक्षा रहि रहने छ ।

संस्थाको नेतृत्व गर्ने मौका प्रदान गर्नु भएकोमा पुनः यहा“हरुलाई मुरी मुरी धन्यवाद दिन चाहन्छु ।

जय तमू ।

बिमल तमू
अध्यक्ष,
तमू बौद्ध सेवा समिति, कतार ।
Don't Miss
© all rights reserved
made with by netKUTI