Responsive Ad Slot

latest

पहिरोले नदी थुनिँदा बेनीबजार जोखिममा I

Tuesday, January 10

/ by Admin BHOLA THAPA
घनश्याम खड्का
म्याग्दी, पुस २६ - राहुघाट नदी थुनिएपछि बेनीबजार, गलेश्वरलगायत नदी किनाराका बस्ती जोखिममा परेका

छन् । पहिरोले पाखापानी र दग्नामको बीचमा राहुघाट नदी थुनिएको हो । नदीले बनाएको साँघुरो गल्छी थुनेको प्रहरीले जनाएको छ ।


सदरमुकाम बेनीदेखि २३ किलोमिटर पश्चिम-उत्तर पाखापानी-१, औलामा हिउँदे सुख्खा पहिरो खस्दा नदी थुनिएको हो । घटनास्थल निर्माणाधीन राहुघाट मध्यमस्तरीय जलविद्युत् आयोजनाको मुहानमा पर्छ । मुख्य जोखिम क्षेत्र गलेश्वरमा करिब २० घर र तल सदरमुकामलगायत मालढंुगासम्म करिब १ सय ५० घरधुरी रहेका छन् । साँझपख प्रहरीले जोखिमपूर्ण क्षेत्रमा उच्च सतर्क अवस्थामा रहन र बस्ती छोड्न स्थानीय एफएममार्फत आह्वान गरेको छ ।

'अन्दाजी दुई सय मिटर चौडाइ भएको गहुँबारी चार सय मिटरमाथि बग्दै राहुघाट नदीमा खसेको छ । पहिरो ठूलो भएकाले पानीको तालको आकार अनुमान गर्न सकिएन,' जिल्ला

प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रेमबहादुर थापाले बताए । उनले घटनास्थलमा पाखापानी प्रहरी चौकीबाट टोली पुगेको जानकारी दिए । झरी परेको र अप्ठ्यारो स्थानमा रहेकाले अन्य क्षतिको विवरण संकलन भइरहेको थापाले बताए ।

साँझ पर्दै गएको र दिनभर थुनिएको नदी कति बेला फुट्ला भन्ने त्रासले नदी किनाराका बस्तीलाई उच्च सतर्कता अपनाउन प्रशासनले भनेको छ । 'दिनभर सुकेको नदी हेर्दै बित्यो, अब रात कसरी बिताउने त्रास बाँकी छ,' गलेश्वरका मोहन केसीले भने ।

पहिरोले थुनेको तालबाट आउने सम्भावित बाढी प्रभावित क्षेत्रमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद ज्ञवालीसमेतको टोली पुगेको छ । रेडक्रसकर्मी, प्रहरी, सेनाको टोली उच्च सतर्कताका साथ जोखिमयुक्त बस्तीमा बसेको छ ।साभार: ईकान्तिपुर
Don't Miss
© all rights reserved
made with by netKUTI